काठमाडौं। नेपाल प्रहरी ले काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा २० जना विदेशी महिलालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार ठमेल क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको बार्गेनिङ गर्दै यौनजन्य गतिविधि सञ्चालन गरेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले निगरानी तथा चेकजाँचका क्रममा ठमेल स्थित विभिन्न स्थानबाट युगाण्डा का नागरिक रहेका २० जना महिलालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूले बाटो हिँड्ने सर्वसाधारण तथा पर्यटकहरूलाई अनावश्यक रूपमा दुःख हैरानी दिएको समेत आरोप छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आवश्यक अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये Nafuna Brenda, Nandut Hajarah, Kirabo Prossu, Tushemerirwe Silvia, Margret Kalule Nabunnya लगायतका महिलाहरू रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ( तस्बिर AI )





















Discussion about this post