फरार प्रतिवादी पक्राउमा तीव्रता: फागुनमै ९८५ जना पक्राउ, ६ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । नेपाल प्रहरी ले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनामा मात्रै देशभरबाट ९८५ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त अवधिमा पक्राउ परेकाहरूबाट कुल ४९९ वर्ष ७ महिना २१ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ६ करोड १० लाख ५५ हजार ६०८ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ।

प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै २६३ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने काठमाडौं उपत्यकामा २५४ जना पक्राउ परेका छन्। त्यसैगरी कोशी प्रदेशबाट १७६, लुम्बिनी प्रदेशबाट ८६, बागमती प्रदेशबाट ६५, गण्डकी प्रदेशबाट ६२, सुदूरपश्चिम प्रदेशबाट ५१ र कर्णाली प्रदेशबाट १० जना पक्राउ परेका छन्।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने रणनीति अघि बढाएको जनाएको छ। साथै आम नागरिकलाई फरार व्यक्तिबारे सूचना उपलब्ध गराई सहयोग गर्न समेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित