– नवीन सेन्चुरी
धरान । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरी ले नाबालिकामाथि निर्घात कुटपिट गर्ने घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र २ नहरचोकका सुदिन राई,निशान राई र एक १७ वर्षीय नावालक पक्राउ भएको कुरा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिले जानाएको छ ।
प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित जंगल क्षेत्रमा १३ वर्षीया नाबालिकामाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो। भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीको कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश कुवंर बाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न तीन जनालाई क्रमशः नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कुवंरले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान गर्न सुनसरी जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जनाएको छ। (तस्बिर AI)





















Discussion about this post