जातीय विभेद गरि नाबालक कुटपिट गर्ने तीनजना पक्राउ

रोल्पा — नेपाल प्रहरीले रोल्पा  जिल्लाको गंगादेव गाउँपालिका–५ कुईनेटा क्षेत्रमा एक नाबालकमाथि कुटपिट भएको घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार २०८३ वैशाख ११ गते पूर्णबहादुर विकका ११ वर्षीय छोरालाई कुटपिट गरी घाइते बनाइएको घटना सामाजिक सञ्जाल Facebook मा सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो।
उक्त घटनामा संलग्न तीन जना प्रतिवादीलाई नियन्त्रणमा लिइएको र उनीहरूविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर मुद्दामा थप

अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र दोषीमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित