धरान । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका शिवराज श्रेष्ठ पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। कांग्रेसमा लामो समय विभिन्न जिम्मेवारी सम्हालेका श्रेष्ठ केही वर्षअघि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै एमालेमा प्रवेश गरेका थिए।
एमालेमा रहँदा उनले नगर कार्यसमितिको आर्थिक संयोजकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। तर, पछिल्लो समय कांग्रेसप्रति पुनः आकर्षित भएपछि उनी पार्टीमा फर्किएका हुन्।
पुनः कांग्रेस प्रवेशका क्रममा श्रेष्ठले पार्टी सभापति Gagan Thapaप्रति आफ्नो विश्वास बढेकाले कांग्रेसमा फर्किएको बताए। उनले अब जीवनभर कांग्रेस नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीभित्र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
श्रेष्ठले आफूलाई पुनः कांग्रेसमा फर्किन प्रेरित गर्ने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनले पूर्व सांसद Chandra Prasad Shrestha, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, नगर उपसभापति प्रविन राईलगायत नेताहरूले गरेको पहल र स्वागतप्रति विशेष धन्यवाद दिएका छन्।
कांग्रेसमा रहँदा राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका श्रेष्ठलाई पूर्व सांसद चन्द्रप्रसाद श्रेष्ठले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा कांग्रेसका कोशी प्रदेश सदस्य सन्तोष विक, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सदस्यद्वय चन्द्र नेपाल र निर्मला नेपाल, संसदीय दल धरानका नेता तथा नगर उपसभापति नरेन्द्रकुमार राई (प्रविन), महाधिवेशन प्रतिनिधिहरू चन्द्रशेखर लामा, ललिता अधिकारी शर्मा, निलकुमारी गिरी थापा, रवि राई र राजु शाह, नेपाल महिला संघकी केन्द्रीय सदस्य कुशुम ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
उपस्थित नेताहरूले अविर र खादा लगाएर श्रेष्ठलाई पार्टीमा स्वागत गरेका थिए। कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पुनः पार्टीमा फर्किएका श्रेष्ठको आगमनले धरान कांग्रेसभित्र नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।




















Discussion about this post