धनकुटा । नेपाली कांग्रेस धनकुटामा ठूलो राजनीतिक हलचल देखिएको छ। पूर्व सभासद अन्जतना ताम्ली, कोशी प्रदेश कार्यसमिति सदस्य मिना कुमारी राई सहित १९ जना जिल्ला तथा प्रदेश तहका नेताले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्।
२०८३ असार २० गते नेपाली कांग्रेसका सभापतिलाई सम्बोधन गर्दै उनीहरूले संयुक्त रूपमा बुझाएको पत्रमा पार्टीभित्र पछिल्लो समय देखिएको गुटगत राजनीति, योगदानको उचित मूल्याङ्कन नहुनु तथा कार्यकर्ताप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।
यता, श्रम संस्कृति अभियानका अभियन्ता लाक्पा तामाङ ले सामाजिक सञ्जालमार्फत उनीहरूलाई चाँडै श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहेको उल्लेख गरेका छन्। यद्यपि पार्टी परित्याग गरेका नेताहरूले श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेबारे औपचारिक घोषणा भने गरिसकेका छैनन्।
पार्टी परित्याग गर्ने नेताहरूको नामावली:
१)मिना कुमारी राई – कोशी प्रदेश कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, धनकुटा
२) अन्जतना ताम्ली – महाधिवेशन प्रतिनिधि, धनकुटा
३)सुरेन लुङ्वा – प्रदेश (ख) सदस्य, धनकुटा
४)रामकुमारी राई – क्षेत्रीय प्रतिनिधि (ख), धनकुटा
५)भीमबहादुर तामाङ – क्रियाशील सदस्य
६)कृष्ण लिम्बु – क्रियाशील सदस्य
७)चित बहादुर रायखा – क्रियाशील सदस्य
८)रूपलाल तुम्बा – क्रियाशील सदस्य
९)देवे ताम्ली – क्रियाशील सदस्य
१०)सोनी लिम्बु – क्रियाशील सदस्य
११)हर्क ताम्ली – क्रियाशील सदस्य
१२)चन्द्रकला तुम्बा – क्रियाशील सदस्य
१३)इन्द्र तुम्बा – क्रियाशील सदस्य
१४)विष्णुभक्त लिम्बु – क्रियाशील सदस्य
१५)प्रविना तुम्बा – क्रियाशील सदस्य
१६)सुदर्शन लिम्बु – क्रियाशील सदस्य
१७)धनबहादुर तुम्बा – क्रियाशील सदस्य
१८)उदयबहादुर नेम्बाङ – क्रियाशील सदस्य
१९)सुरेन राई – क्रियाशील सदस्य
यस घटनाले धनकुटाको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ। नेपाली कांग्रेस धनकुटाले भने यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।






















Discussion about this post