आङभाङलाई प्रश्न लिमुखाङ,बागमारा को हुन खोकलिङे हुन कि सिरिङे हुन – अर्जुन माबुहाङ

आज विजयपुरको इतिहासकाबारेमा चर्चा छ । विजयपुरको राजकाजसंग फेदाप, आठराई, मैवाखोला, मिवाखोला, पांचथर त्यस्तै चयनपुरका पुत्लुङ (हाल देवान), कोम्फे (हाल लिङथेप) गाएतका याक्थुङ लिम्बूहरु जोडिन्छन । यहां जोड दिन खोजिरहेको तथ्य चांहि विजयपुरमा आङभाङ लिम्बूहरुको सेन राजाका सम्बन्धमा हो । सम्बन्धका बारेमा हो ।

पहिलो चिरकट्टो (थेचम्बु,पोखरीका बज्रधोज लिम्बुको वि सं १९५१ को चरकट्टो/कुमार बाजे धरान) मा बिजयपुरका राजाले आङभाङ र मेन्याङबो का पुर्खा चेली मुहाङकेतको छोरी थाङसामालाई विवाह गरेको लेखिएको छ । दोस्रो चिरकट्टोमा ( अभिलेखालयबाट भगिराज इङ्नामज्यूले प्राप्त गर्नुभाको) जसमत राय (वि सं १७४३ ताकाका सेनकालिन भारदार चांगेका आङभाङ का पुर्खा उनको नाममा स्याहामोहोर जारी भएको ) को चर्चा हुँदै उनका सन्तान चेतसिंले हाल दोभान छेउको फेउदीन जग्गाको भोगचलनका बारेमा हो (यो कागज अनुमानित वि सं १८७५ तिरको हुनु पर्छ । किनकि त्यहां भणडारी काजीको उलेलेख छ । वि सं १८७५ मा बहादुरसिं भण्डारी धनकुटामा प्रशाशक थिए ।) तेश्रो कागज (चांगेका नरजङ आङ्भाङबाट प्राप्त वि सं १८९८ को कागज)) मा उहीँ फेवदिन जग्गाको, मिवाखोलाका धनवीर सिरिङ/ सिरेङ चोङ्बाङ र ग्यानसिं/साम्याङखामको भोगचलनलाई लिएर झगडा छ ।

यी कागजहरुले थाङसामाको विजयनारान (फेदापका साङ्लाइङ) संगको विवाह देखि विजयनारान पछि लोहाङसेनका सन्तानले सत्ता चलाउन थालेदेखि आङभाङ लिम्बूहरुको सम्बन्ध देखिन्छ । यी कागजहरुमा मोरङ राज्यदेखि मोरङ राज्यको मुकनम विजयपुर सम्मको स्पष्टचर्चा छ । विजयपुरमा भेटिएका खानीजन्य तामाको धाउ सेन राजालाई आङभाङको पुर्खा जसमत रायले बुझाएको चर्चा छ । जुन अझै बराहक्षेत्रमा तामालुङ नामले देख्न सकिन्छ । फेवदिन जग्गा पुस्तौली आङभाङहरुले भोगचलन गरेको र पछि फेरि सिरिङहरुले भोगचलन गरेको फेरि झगडा भई आङभाङहरुले नै भोगचलन गरेको कागजातहरु भेटिन्छन ।

मेरो प्रश्नचांहि आङभाङ मित्र हरुलाई
१) यो लिमुखाङ चाहिँ को हुन ? जुन आङभाङहरुको वंशावली मा पनि देखिन्नन । फेवदिन जग्गा उनको जस्तो देखिन्छ जुन मोरङ राजाबाट जसमत ले मोहोर गरिल्याए ।

२) बागमारा को हुन खोकलिङे हुन कि सिरिङे हुन ?

तमोर र मिवाखोलाको दोभान लालेखांद ओढारको मान्छेको चित्रचांहि खोङ्लिसो अयासक्पा ले बनाएका हुन । उनलेनै सांबाको थत्तथरपा फुकु/ओढारमा लक्चो /घोचाहरु राखेका हुन । जुन लिम्बूजातिका मानवशास्त्रिय चासोका विषय हुन ।

प्रेसमा छापिएका कितावमा भरपर्दा स्रोतहरु जस्तो चिरकट्टो (किन वंशावली टिपोट, घटना ? किन चिरकट्टो लेख्न पर्यो), पत्र (राजाले दिएका कस्लाई किन कश्यपत्र दिनपर्यो ), यात्रा वृतान्त (को कताबाट किन गाको र लेखेको ?) उतिबेलाका छापिएकाछन भने ती पुस्तकले समाज र इतिहासलाई छुन्छ नत्र भने त्यस्ता पुस्तकहरु पुस्तकका नाममा पुस्तकमात्र ठहरिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित