क्यानडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गर्ने आरोपमा एक पक्राउ
काठमाडौ । काठमाडौं प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाई २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले पीडितहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाउँदै रकम असुली गरेका थिए। रकम लिइसकेपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सावधानी: वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन वैदेशिक रोजगार विभागबाट स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन र कुनै पनि रकम बुझाउनु अघि आवश्यक कागजात तथा अनुमति अनिवार्य रूपमा प्रमाणित गर्न आग्रह गरिएको छ।




















Discussion about this post