धरानमा जुवानेटर–सेउती खोला फलामे पुल निर्माण अभियानको आय–व्यय सार्वजनिक, ४६ हजारभन्दा बढी रकम बचत

धरान, जुवानेटर–सेउती खोला फलामे पुल निर्माण अभियानले अभियानमा संकलित रकमको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार २०८२ चैत २३ गतेदेखि २०८३ वैशाख ३० गतेसम्म अभियानमा कुल ८० लाख ९ हजार ४७६ रुपैयाँ संकलन भएको जनाएको छ।

सार्वजनिक विवरणअनुसार पुल निर्माणमा हालसम्म ७९ लाख ६३ हजार ३५ रुपैयाँ खर्च भएको छ भने ४६ हजार ४४१ रुपैयाँ रकम बाँकी रहेको उल्लेख गरिएको छ।
खर्च विवरणमा फलाम, तारजाली, वेल्डिङ, होम पाइप, सिमेन्ट, रङ, सूचना बोर्ड, बालुवा, दक्ष मिस्त्री ज्याला, ढुंगा ढुवानी, JCB सेवा, वेल्डिङ रड, शिलालेख निर्माण, श्रमदाताका लागि खाजा–खाना तथा पुलमा जडान गरिएका बत्तीसम्बन्धी खर्च समावेश गरिएको छ।
समितिका अनुसार खर्चमध्ये फलाम खरिदमा सबैभन्दा बढी रकम खर्च भएको छ। त्यस्तै ढुंगा ढुवानी, JCB सेवा, दक्ष मिस्त्री ज्याला, ग्याबिन जाली, सिमेन्ट, वेल्डिङ तथा अन्य निर्माण सामग्रीमा समेत उल्लेख्य खर्च भएको विवरणमा देखाइएको छ।

यसैबीच, धरान उपमहानगरपालिकाबाट पुल निर्माणका लागि ४० थान तारजाली र ८.५ घण्टा JCB सेवा उपलब्ध गराइएको उल्लेख गरिएको छ। उक्त सहयोगको अनुमानित मूल्य १ लाख ६८ हजार ७८१ रुपैयाँ बराबर रहेको विवरणमा जनाइएको छ।

पुल निर्माण समितिले आर्थिक पारदर्शितालाई ध्यानमा राख्दै सम्पूर्ण आय–व्यय सार्वजनिक गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित