धरान । देशिलाईन दुईतर्फि सडक विवाद प्रहरी लगाएर हस्तक्षेप पछि छलफलमा बोलाएसंगै सबै पसल बन्द गरेर छलफलमा सहभागी भएका छन ।
शुरूवात चरणदेखि नै अनुपस्थित रहेको कार्यवाहक मेयर आइन्द्र बेघा दोस्रो दिनमा पनि स्थलगत रुपमा पुगेन । व्यावसायीहरुको माग सुनुवाइ र जनप्रतिनिधि स्थलगत रुपमा न आएपछि भौडिको अवरोध बढाएका थिए । यहि क्रममा प्रहरीले लात्ति तथा लठिचार्ज गरेका थिए । करिब पाँच बजेतिर प्रहरीबाट धरपकड गराएपछि कार्यवाहक मेयर बेघाले छलफलमा भन्दै पत्र बाहिरिएको थियो । यस अघि पहिलो दिन बेघाले व्यक्तिगत रुपमा फोन गरेको कुरा भुपाल चाम्लिङले बताए । आन्दोलन माग संस्थागत भएकोले व्यक्तिगत नहुने जवाफ दिएको बताए ।
साँझ प्रहरीले लाठिचार्ज लात बर्षाएपछि इलाका प्रहरी पुर्याएका थिए । त्यसपछि नियन्त्रणमा लिएका सबै रिहाई भएका थिए । आज बिहान पनि देशिलाईन सबै पसल बन्द नै राखेका छन । पसल बन्द गरेर नै व्यावसायी पत्रको आधारमा छलफलका लागि नगरपालिका पुगिसकेका छन ।
बसपार्क सरेपछि पहिलो दोस्रो दिनमै सुनसान भएका थिए धरानका मुख्य व्यावसायीक केन्द्र । स्थान साँघुरो भएको कारण बसपार्क सरे पनि व्यावसायीले आपत्ती जनाएका छैनन् । तर व्यापारी व्यावसायी लगानिकर्ता धरानको समग्र अर्थतन्त्र कसरी बचाउने भन्नेमा स्थानीय सरकार गम्भीर नभएको आरोप लगाएका छन । व्यापारी पलायन हुने क्रमसंगै वसपार्क सरेपछि व्यापारी पलायनको चिन्ता बढेको छ ।
बसपार्क सरेपछि चहलपहल कम भएकाले एकतर्फी बाटो खुलाउनुपर्ने माग राखेका थिए । शुरुआतमा एकतर्फी बनाएपछि हटाउन तत्कालीन समयमा नै हर्क साम्पाङ मेयर समक्ष व्यावसायीले ध्यानाकर्षण गरेका थिए । स्थानीयले ३० फिटे बाटोलाई आफ्नो घर कटान गरि ५० फिटे बनाउन दिएको बताए । त्यहि पुतलि लाईनको उदाहरण दिदै दुईपाङ्रे मात्र होइन तीन पाङ्ग्रे सवारी दुईतर्फि चलिरहेको व्यावसायीले दाबि गरे ।तत्कालीन समयमा पुतलि लाईन एकतर्फी बनाउदा व्यावसायीको माग तत्काल सुनुवाइ गरेर तिन पाङ्ग्रे र दुई पाङ्ग्रे दुईतर्फि बनाएका थिए ।




















Discussion about this post