विपदमा BPKIHS परिवारको ऐक्यबद्धता, ३७ लाख २ हजार रुपैयाँ उद्धार कोषमा

धरान । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको आपतकालीन सहयोगका लागि वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान परिवारले ३७ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेको छ।

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा चिकित्सक, कर्मचारी, विद्यार्थी र पेन्सनरलगायतबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी रु. ३७ लाख २ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिष्ठानले जनाएको छ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै प्रतिष्ठान परिवारले गरेको यो सहयोग मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र एकताको उदाहरण भएको बताइएको छ।

सहयोगमा योगदान गर्ने सम्पूर्ण प्राध्यापक, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पेन्सनरप्रति प्रतिष्ठान परिवारले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
प्रतिष्ठानले विपद्मा परेका नागरिकलाई सहयोग र साथ दिन सबैमा आग्रहसमेत गरेको छ।

वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार
सेवा, समर्पण र सामाजिक उत्तरदायित्वमा सदैव अग्रसर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित