स्मार्ट बसपार्क सञ्चालनमा सहजीकरण गर्न यातायात व्यवसायीको माग, पुरानो बसपार्कमा यात्रु चढाउने–झार्ने व्यवस्था मिलाउन आग्रह

धरान । धरान उपमहानगरपालिका–८ मा निर्माण भएको स्मार्ट बसपार्क सञ्चालन तथा व्यवस्थापनमा सहजीकरण गरिदिन माग गर्दै धरानका विभिन्न यातायात व्यवसायी तथा मजदुर पक्षले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

पूर्वेली यातायात व्यवसायी सेवा (कम्पनी) धरान, बस व्यवसायी तथा उपभोक्ता प्रदर्शन केन्द्र इटहरी, सप्तकोशी यातायात व्यवसायी प्रबन्ध प्रतिष्ठान धरान र संयुक्त यातायात प्रा.लि. धरानसहितका पक्षले नगर प्रमुखसमक्ष पत्र बुझाउँदै यात्रुवाहक सवारी सञ्चालन तथा आवागमनमा सहजीकरण गरिदिन माग गरेका हुन्।

पत्रमा उपमहानगरपालिकाबाट विभिन्न मितिमा बसपार्क व्यवस्थापनका लागि मूल समिति तथा उपसमितिहरू गठन गरी सरोकारवाला पक्षसँगको छलफलबाट स्मार्ट बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रयास गरिएको उल्लेख छ। स्मार्ट बसपार्क उद्घाटनपछि सञ्चालनमा ल्याइएको र यातायात व्यवसायी, मजदुरलगायतको सहयोगमा विवादरहित ढंगले सञ्चालन हुँदै आएको उनीहरूको दाबी छ।

तर, बसपार्क सञ्चालन व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नभएको तथा कार्यपालिकाभित्रको अन्तरविरोधका कारण धरानमा बसोबास गर्ने सर्वसाधारण, तीर्थयात्री, पर्यटक, उपचारका लागि आउने बिरामी, व्यापारी र विद्यार्थीसमेत प्रभावित भएको पत्रमा उल्लेख गरिएको छ।

यातायात व्यवसायीहरूले बसपार्क सञ्चालनसँग सम्बन्धित समस्याका कारण यात्रु तथा यातायात मजदुरसमेत आर्थिक भारमा परेको बताएका छन्। साथै, यातायात क्षेत्रमा लगानी गरेका व्यवसायी र आश्रित परिवारका सदस्यको रोजगारी तथा आम्दानीमा समेत असर पर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित