धरानको भोटेपुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक दिपेन्द्र राईको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दिपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक बबिन राईको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

मृतक राईको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि पनि कोशी लोकमार्गको यातायात सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित