धरान । सुनसरीको धरान–१२ स्थित श्री पब्लिक हाई स्कुलले शैक्षिक सत्र २०८३ का लागि सञ्चालित कक्षा ११ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विद्यालयले २०८३ जेठ ६ गते बिहान सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा सोही दिन साँझ प्रकाशन गरेको हो।
विद्यालय प्रशासनका अनुसार विज्ञान (Science) र शिक्षा (Education) समूहका लागि लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूको सिम्बोल नम्बर सार्वजनिक गरिएको छ। विद्यालयले सूचना जारी गर्दै उत्तीर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गरेको छ।
विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झाको हस्ताक्षरसहित जारी सूचनामा जेठ ७ गते बिहान ८ बजेदेखि विद्यालयमा भर्ना प्रक्रिया सुरु हुने उल्लेख गरिएको छ।
साथै, विद्यालयले पहिलो १०० जना विद्यार्थीलाई एक सेट पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने जनाएको छ। प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले जेठ ११ गतेभित्र भर्ना गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
विद्यालयले विज्ञान समूहमा छात्र तथा छात्रातर्फ सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीको सिम्बोल नम्बर समेत सार्वजनिक गरेको छ। शिक्षा तथा विज्ञान समूहका सयौँ विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
























Discussion about this post