धरान । धरान–३ स्थित जामे मस्जिदमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूको शान्ति र शीघ्र जनजीवन सामान्य होस् भन्ने कामनासहित विशेष प्रार्थना गरिएको छ।
बाढी तथा पहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पनि प्रार्थना गरिएको जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री राहत कोषका लागि अन्जुमन इस्लामिया धरानको पहलमा धरानका मुस्लिम समुदायबाट रु. ७५ हजार नगद संकलन भएको अन्जुमन इस्लामिया धरानका अरमान अलीले जानकारी दिएका छन्।
अलीका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न मुस्लिम समुदायले आफ्नो तर्फबाट सक्दो सहयोग जुटाएको हो।




















Discussion about this post