संघीय लिम्बुवानको सुनसरी अध्यक्षमा मोहनप्रसाद तिगेला

धरान  । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको सुनसरी जिल्ला अध्यक्षमा मोहनप्रसाद तिगेला चयन भएका छन्।

मञ्चको छैटौँ संयुक्त जिल्ला अधिवेशनले तिगेलाको नेतृत्वमा १८ सदस्यीय जिल्ला समिति चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा मनुकुमार लावाङ, सरिता राई, बलबहादुर लिम्बू मादेन र हरिमाया मादेन, सचिवमा गोविन्द साम्बा मादेन तथा कोषाध्यक्षमा किशोर लिम्बू मादेन चयन भएका छन्।

त्यस्तै जिल्ला सदस्यहरूमा याम लिम्बू, अर्जुन लिम्बू, एमडी ताहिर मियाँ, दिलमाया लिम्बू, गणेशमाया लिम्बू, मैतबहादुर तुम्बाहाङ्फे, कमला लिम्बू, माया लिम्बू, दिलीप मादेन लिम्बू, मनोज लिम्बू थलङ र कमलेश साह चयन भएको जनाइएको छ।

अधिवेशनबाट संघीय लिम्बुवान महिला मञ्चको सुनसरी जिल्ला अध्यक्षमा पवित्रा कङ्दङवा चयन भएकी छन्। महिला मञ्चको उपाध्यक्षमा रामकुमारी मादेन, सचिवमा सरिता लिम्बू, सहसचिवमा सुनिता खापुङ तथा कोषाध्यक्षमा खेमकुमारी लिम्बू चयन भएका छन्।
अधिवेशन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्य तथा महासचिव एवं अधिवेशन संयोजक भूपेन्द्रसुन्दर लावती ‘हाङ’ को अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय अस्तित्व, सार्वभौमिकता र पहिचानका विषयमा गम्भीर भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

नवनिर्वाचित नेतृत्वले संगठनलाई जिल्लास्तरमा थप सुदृढ बनाउँदै लिम्बुवान पहिचान, अधिकार र राजनीतिक मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित