जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन वितरण

धरान । होप धरान (Hope Dharan) का अध्यक्ष निश्चल पालिखेले आफ्नो जन्मदिनको अवसरमा धरान–१६ स्थित मानव सेवा आश्रममा आश्रित ६५ जनाका लागि रात्रिकालीन भोजन वितरण कार्यक्रम आयोजना गरेका छन्।

‘मानव सेवा नै माधव सेवा हो’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा आश्रममा आश्रित सडक मानव तथा असहाय व्यक्तिहरूलाई भोजन वितरण गरिएको हो।

पालिखेले जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै आश्रममा आश्रित व्यक्तिहरूका लागि भोजनको व्यवस्था गरेका हुन्। कार्यक्रम धरान–१६ मा रहेको मानव सेवा आश्रममा सम्पन्न भएको हो।

जन्मदिनका अवसरमा व्यक्तिगत रूपमा गरिने यस्ता सेवामूलक गतिविधिले असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूको दैनिक आवश्यकतामा सहयोग पुर्‍याउन सक्छ।

होप धरानका पलिखेले आगलागी पीडित,असाहय,बाढिपिडित, बिरामीको स्वास्थ्य उपचार,आर्थिक रुपमा कमजोर बिद्यालय तथा विद्यार्थीको लागि सहयोगी बन्दै आईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित