धरान । उज्यालो नेपाल पार्टीले धरान उपमहानगरपालिका–१५ मा वडा समिति गठन गरेको छ। बिहीबार, २०८३ असोज २९ गते धरान–१५ स्थित पार्टीको प्रदेश कार्यालय ‘उज्यालो घर’मा सम्पन्न भेलाले डिकबहादुर (गोले) तामाङको अध्यक्षतामा २१ सदस्यीय वडा समिति निर्वाचित गरेको हो।
धरान उपमहानगर समिति अध्यक्ष अमित थेबेको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज डम्बर लावती (जेन्टल) प्रमुख अतिथिका रूपमा सहभागी थिए।
भेलाबाट समितिको उपाध्यक्षमा ललिता राई, सचिवमा नारायण तामाङ निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा लक्ष्मी कुमारी देवान, अनिता मगर, कासिदल सन्यक लिम्बू, शान्ति लिम्बू राई, काजीमान थेबे (भूपू सुब्बेदार), इन्द्र थेबे, हर्कमाया लिम्बू, लाक्पा शेर्पा, कुशल लिम्बू, निशा तामाङ, सीता तामाङ, अमृत कुमार तामाङ, छत्रलाल घिसिङ, पदम घिसिङ, भूपाल तामाङ, फूलमाया तामाङ, रूपमाया घिसिङ र विपिन लिम्बू निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि लावतीसहित गुरु राजेन्द्र स्याङ्बो, कोशी प्रदेश कोषाध्यक्ष मिसन लामा, प्रदेश सदस्यहरू क्षितिज लिम्बू, सुमन घिसिङ, किरन देवानलगायतले बधाई तथा शुभकामना दिएका थिए।
भेलामा दसैँ, शुभ दीपावली, नेपाल संवत्, बलिहाङ तङ्नाम र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो। कार्यक्रममा पार्टीकी धरान उपमहानगर उपाध्यक्ष मुना काङ्माङले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव ललित जिम्बाले कार्यक्रम सञ्चालन गरेका थिए।
पार्टीको तीनमहिने ‘उज्यालो मिसन’ अभियानअन्तर्गत धरान उपमहानगरपालिकाका २० वटै वडामा भेला आयोजना गरी सङ्गठन विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ।




















Discussion about this post