रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका–स्थित प्रिती–च्यादलुमा उज्यालो नेपाल पार्टीको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले टेन्डी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय नयाँ गाउँपालिका समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हेमराज तामाङलाई सचिवको जिम्मेवारी दिएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण लामा, दीपबहादुर योन्जन, जिल्ला अध्यक्ष चिना लामा, सचिव मोतीलाल घिसिङ तथा प्रदेश कमिटीका सदस्यसहित जिल्ला तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
भेलाका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेहरू पनि सहभागी भएका थिए। पार्टीले नवप्रवेशीहरूलाई स्वागत गरेको जनाएको छ।
कार्यक्रममा पार्टी अध्यक्ष घिसिङले नवगठित गाउँपालिका समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवगठित समितिले उमाकुण्ड गाउँपालिकामा पार्टीको संगठन विस्तार तथा गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।





















Discussion about this post