धरान, साउन २ – धरान–तरहरा सडक खण्ड अन्तर्गत चारकोसेझाडी नजिकै आज एक मोटरसाइकल दुर्घटना भएको छ। घटना स्थलबाट तत्काल पहिचान नखुले पनि पछि प्रहरीको सहायताले घाइतेको पहिचान खुलेको छ । दुर्घटना परेको मोटरसाइकलको नम्बर प्रदेश २–००३४–२७२८ अनियन्त्रित भई दुर्घटना हुँदा लहान नगरपालिका निवासी विमल कुमार शाह गम्भीर घाइते भएका छन्।
प्रहरी स्रोतका अनुसार शाह चढेको मोटरसाइकल अचानक अनियन्त्रित भई सडक किनारमा दुर्घटना भएको हो। गम्भीर घाइते शाहलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालले जानकारी दिएका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















Discussion about this post