काठमाडौं, २०८२ पुस । गोन्पाहरूविरुद्ध फैलाइएका भ्रामक प्रचारप्रसारबारे संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले छानबिन र कारबाही गर्न निर्देशन दिएको छ। संघीय संसद सचिवालयमा भएको छलफलमा नेपाल बौद्ध महासंघले गोन्पाको परिचय, ऐतिहासिक पृष्ठभूमि, सामाजिक भूमिका र फैलाइएका भ्रमबारे कार्यपत्र प्रस्तुत गरेको थियो।
छलफलपछि समितिले तथ्यहीन अभिव्यक्ति, अन्तर्वार्ता तथा समाचार सार्वजनिक गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि सत्यतथ्य छानबिन गरी दोषी ठहरिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ। साथै गोन्पाहरूको परिभाषा, दर्ता, सञ्चालन र नियमनका लागि गोन्पा ऐन निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।





















Discussion about this post