नेपाल बौद्ध महासंघद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं, कार्तिक २८ – हालै देशभर चलेका जेन–जे (Gen Z) आन्दोलनका क्रममा बौद्ध समुदाय, गोम्वा र विहारसम्बन्धी केही अभद्र अभिव्यक्ति सार्वजनिक भएको भन्दै नेपाल बौद्ध महासंघले गृहमन्त्रीलाई लिखित रुपमा ध्यानाकर्षण गराएको छ।

महासंघले सोमबार बुझाएको पत्रमा सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा धार्मिक आस्थामाथि लक्षित अपमान, गलत प्रचार र उत्तेजनात्मक टिप्पणी रोक्न सरकारलाई आग्रह गरिएको छ।

पत्रमा देशभरका बौद्ध धर्मगुरु, भिक्षु–भिक्षुणी, गोम्वा र विहारको सुरक्षा व्यवस्था कडाइका साथ सुनिश्चित गर्न तथा डिजिटल माध्यममार्फत भइरहेको धर्मविरुद्धको भ्रामक टिप्पणीमा कडा कारबाही गर्न अनुरोध गरिएको छ।

महासंघले धार्मिक सद्भाव र सहअस्तित्वको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै संबंधित पक्षलाई तात्कालिक कदम चाल्न माग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित