सर्लाहीमा डिजेसहित दुई जना र दुई सवारी प्रहरी नियन्त्रणमा

सर्लाही । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गराउने गरी डिजे बजाउँदै हिँडेको आरोपमा सर्लाही प्रहरीले डिजेसहित दुई जना र दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा जिल्ला प्रशासन कार्यालय र सरोकारवालाबीच भएको बैठकको सहमति एवं जिल्ला सुरक्षा समितिको निर्णयविपरीत डिजे बजाउँदै हिँडेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–९, गौरचकालीबाट २०८३/०४/२४ गते डिजेसहितको गाडी नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये हरिपुर नगरपालिका–२ का ५५ वर्षीय जोगेश्वर पण्डित डिजे सञ्चालक रहेको र बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह डिजे भएको गाडीका चालक रहेको प्रहरीले जनाएको छ।

उनीहरूसँगबाट डिजेसहित विभिन्न साउन्ड सिस्टमका उपकरण तथा ना ९१ प ४२९१ नम्बरको योद्धा गाडी नियन्त्रणमा लिइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने र ध्वनि प्रदूषण गर्ने किसिमका डिजे नबजाउन सम्बन्धित सबैलाई आग्रह गर्दै आगामी दिनमा समेत यस्ता गतिविधि भए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रहरी कार्यालय, मलंगवाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित