काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी हेलो सर्भिस नेपालले काठमाडौंको माछापोखरीस्थित बुद्धमलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
ग्राहक तथा व्यवसायीलाई छिटो, भरपर्दो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउँदै आएको कम्पनीले सेवा विस्तार गर्ने क्रममा बुद्धमलमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको हो।
नयाँ शाखाको उद्घाटन लोकप्रिय गायिका तथा ‘रमणी बाई एलेना’की अध्यक्ष एलेना चौहानको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा हेलो सर्भिस नेपालका अध्यक्ष मोहनप्रसाद तिमिल्सिना, देवकी सापकोटा, बसन्त खत्री, अञ्जन भट्टराई, रविन्द्रकुमार पजियार, पवनकुमार सिंह र प्रतीक अधिकारीलगायतको उपस्थिति थियो। त्यस्तै याप कलाकार निर्पय श्रेष्ठ, सामाजिक सञ्जाल प्रभावकर्ता सम्राट अधिकारी, विष्णु बराल, सुदीप सापकोटा, नेपाल मेला महोत्सव संघका पूर्वअध्यक्ष सन्दीप महत, रामकृष्ण महर्जन, लक्ष्मण महर्जन र शेखर वाग्लेलगायतको पनि सहभागिता रहेको थियो।
सेवाप्रति विक्रेताको सकारात्मक प्रतिक्रिया
कार्यक्रममा हेलो सर्भिस नेपालसँग आबद्ध विभिन्न विक्रेताले कम्पनीमार्फत प्राप्त लजिस्टिक्स सेवाको अनुभव सुनाएका थिए। उनीहरूले कम्पनीको सेवा छिटो, भरपर्दो र प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताएका थिए।
कम्पनीका प्रतिनिधिका अनुसार ग्राहकलाई गुणस्तरीय, सुरक्षित, छिटो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्जाल विस्तार भइरहेको छ। आगामी दिनमा च्युरोडलगायत अन्य स्थानमा समेत नयाँ शाखा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
देशभर सेवा विस्तार गर्ने लक्ष्य
हेलो सर्भिस नेपालको प्रधान कार्यालय सातदोबाटोमा रहेको छ भने वेयरहाउस कलंकीमा रहेको कम्पनीले जनाएको छ। एनबीटीसी कलंकीबाट समेत शाखामार्फत सेवा प्रदान हुँदै आएको बताइएको छ।
माछापोखरीस्थित बुद्धमलमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहक तथा व्यवसायीलाई लजिस्टिक्स सेवा थप सहज र पहुँचयोग्य हुने कम्पनीको विश्वास छ।
व्यक्ति, व्यवसाय तथा विभिन्न संस्थालाई सुरक्षित, छिटो, भरपर्दो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउँदै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ।
कार्यक्रमको समापन राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।





















Discussion about this post