भोटेकोशी बाढीप्रति उज्यालो नेपाल पार्टीको दुःख व्यक्त

धरान । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति उज्यालो नेपाल पार्टी, धरान उपमहानगर कमिटीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

पार्टीले प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। साथै, थप विपद्को सम्भावनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ।

विपद्को समयमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा संघ–संस्थाप्रति पार्टीले धन्यवाद व्यक्त गर्दै मानवीय सहयोग र एकताका साथ अघि बढ्न सबैलाई आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित