काठमाडौ । श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले सामाजिक सञ्जालमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित QR कोडलाई गलत मनसायले सम्पादन गरी ‘प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष’को नाममा पार्टीले रकम संकलन गरिरहेको भन्ने आशयको सूचना सम्प्रेषण गरेको भन्दै खण्डन गरेको छ।
पार्टीका महासचिव आरोन राईद्वारा जारी विज्ञप्तिमा उपाध्यायले सम्प्रेषण गरेको सूचना तथ्यहीन, भ्रामक तथा वास्तविकताभन्दा फरक रहेको दाबी गरिएको छ। पार्टीले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको नाममा आफ्नो पार्टीको बैंक खाताको QR कोडमार्फत रकम संकलन गरेको भन्ने आरोप पूर्ण रूपमा अस्वीकार गरेको जनाएको छ।
विज्ञप्तिमा आम नागरिक तथा पार्टी शुभेच्छुकलाई उक्त भ्रामक सूचनाबाट भ्रमित नहुन आग्रह गरिएको छ। साथै, पार्टीविरुद्ध तथ्यहीन तथा भ्रामक सूचना निरन्तर सामाजिक सञ्जालमार्फत सम्प्रेषण भइरहेको भन्दै यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
पार्टीको प्रतिष्ठा तथा जनमानसमा भ्रम सिर्जना गर्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको श्रम संस्कृति पार्टीले जनाएको छ।
















Discussion about this post