प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गर्ने व्यक्ति पक्राउ

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट र क्यूआर कोड बनाएर सामाजिक सञ्जालमार्फत रकम संकलन गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको भन्दै ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गर्ने र आफ्नै QR कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने मन्थली नगरपालिका–२, ठोटेस्थित ३२ वर्षीय भगवान् कार्की पक्राउ परेका हुन्।

प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले राहत तथा सहयोगका नाममा सामाजिक सञ्जालमा फैलाइएका नक्कली स्टेटमेन्ट, QR कोड वा अन्य विवरणमा विश्वास नगर्न समेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित