काठमाडौं । ‘Sparkle Presents Ultima Professional Miss & Mrs Universal – Season 5 (2026)’ को ग्रान्ड फिनालेमा बिना लिम्बु र सरला सौर्य श्रेष्ठले मुख्य उपाधि जितेका छन्।
भव्य समारोहबीच सम्पन्न प्रतियोगितामा बिना लिम्बुले Mrs. Platinum Winner को ताज पहिरिँदा सरला सौर्य श्रेष्ठले Miss Platinum Winner को उपाधि हात पारेकी हुन्।
मिसेस विधातर्फ रोजिना थापा Mrs. Diamond Winner, अनुसिया श्रेष्ठ Mrs. Gold Winner र पूजा बीके बस्नेत Mrs. Silver Winner घोषित भएका छन्।
प्रतियोगितामा सीता पोखरेलले भने दोहोरो सफलता हासिल गरेकी छन्। दर्शकको रोजाइमा पर्दै उनले Public Choice Winner को क्राउन जित्नुका साथै Mrs. Confidence Winner को उपाधिसमेत प्राप्त गरेकी छन्।
नारी प्रतिभा, आत्मविश्वास तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रतियोगिताको ग्रान्ड फिनालेमा विभिन्न क्षेत्रका व्यक्तित्व, निर्णायक, जुरी सदस्य, प्रायोजक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको सफल आयोजनामा Jury Members, Talent Round का Jury Members, Sponsors, Ultimate Professional Team तथा Official Choreographer रोजिन सर लगायतको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको समाचार तथा प्रचार–प्रसारमा सहयोग गर्ने सञ्चारकर्मीहरूप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ।
आयोजक Sparkle Entertainment की प्रमुख कार्यकारी अधिकृत (CEO) नितु श्रेष्ठले ग्रान्ड फिनालेका सम्पूर्ण विजेतालाई बधाई दिँदै उनीहरूको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।
श्रेष्ठले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा गरेकी छन्।





















Discussion about this post