‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’को उपाधि इसाबेला शर्मा र आराध्य जङ थापालाई

धरान, भदौ २० — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’को उपाधि इसाबेला शर्मा र आराध्य जङ थापाले जितेका छन्। होप धरानको आयोजनामा धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले मिस र थापाले मिस्टरतर्फको मुख्य उपाधि हात पारेका हुन्।
प्रतियोगितामा विभिन्न चरण पार गर्दै बालबालिकाले आफ्नो प्रतिभा, आत्मविश्वास, व्यक्तित्व तथा मञ्चीय प्रस्तुति प्रदर्शन गरेका थिए। प्रतियोगितामा कुल ४० जना बालबालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ।

मिस्टरतर्फ आराध्य जङ थापा प्रथम, ओमेहाङ साम्बा दोस्रो र सेसेहाङ लिङ्खिम तेस्रो भए। त्यस्तै मिसतर्फ इसाबेला शर्मा प्रथम, श्रेयसी रौनियार दोस्रो र एलिजाबेथ राई तेस्रो घोषित भए।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम वेघा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। होप धरानका अध्यक्ष निश्चल पलिलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बुले गरेकी थिइन्।

प्रतियोगिताको निर्णायक मण्डलमा मिस्टर नेपाल २०२४ का उपविजेता आदेश प्रधान, मिस्टर नेपालका क्षेत्रीय निर्देशक तथा रोनक फेसन एजेन्सीका संस्थापक एवं सीईओ रोनक अग्रवाल, बिजनेस आन्त्रप्रेनर, फेसन मोडल तथा इन्फ्लुएन्सर इसा थापा, बहुविधा गायक, संगीत उत्पादक तथा अडियो इन्जिनियर नट्टु शाह र मोडल हन्ट नेपाल सिजन–९ का विजेता बिवाश बिष्ट रहेका थिए।

मुख्य उपाधिसँगै प्रतियोगी बालबालिकाको प्रतिभा, व्यक्तित्व, प्रस्तुति, अनुशासन तथा विभिन्न क्षमताका आधारमा विभिन्न सब–टाइटलसमेत प्रदान गरिएको थियो।

मिस्टरतर्फ ओमेहाङ साम्बाले Mr. Personality र Mr. Intellectual को उपाधि प्राप्त गरे। एल्बिन तामाङले Mr. Model, Mr. Talent, Mr. Multimedia तथा Mr. Rampwalk को उपाधि हात पारे।

रियान गुरुङले Most Confident, आराध्य जङ थापाले Mr. Stylist र Mr. Photogenic, अविश्कान्त मेहताले Mr. Dedicated, सुहाङ राईले Mr. Charming, अमृत बीकेले Mr. Rising Star, किवाहाङ राईले Mr. Friendly, सुयोग अग्रवालले Mr. Punctual तथा सेसेहाङ लिङ्खिमले Most Hardworking को उपाधि पाए।

मिसतर्फ एलिजाबेथ राईले Miss Beautiful, अर्चना पुनले Miss Best Figure, अक्षता भट्टराईले Miss Dedicated, अनु यादवले Miss Focussed, नुमा लिम्बुले Miss Charming, रिदिमा राईले Miss Glowing Skin तथा रोश्ना पराजुलीले Miss Hardworking को उपाधि प्राप्त गरे।

ऐश्वर्या लिम्बुले Miss Punctual, ऐश्वर्या राईले Miss Friendly, डेनिशा मगरले Miss Discipline, कृष्णमा कोइरालाले Miss Best Smile, सोहाना तामाङले Miss Quick Learner, प्रिन्सेस लिम्बुले Miss Best Hair, श्लेखा भुजेलले Miss Personality, दिव्यांका श्रेष्ठले Miss Confident, केआना रानाले Miss Model तथा दुर्गा राईले Miss Beautiful Eyes को उपाधि प्राप्त गरे।

त्यसैगरी दीपिका श्रेष्ठले Miss Rising Star, कृतिका बिसुंखेले Miss Flawless, नुमा चोङबाङले Miss Stylist तथा Miss Helpful, निरुता बीकेले Miss Attentive, डेजी लिम्बुले Miss Glamor, इनाया श्रेष्ठले Miss Aspiring, आयाना तामाङले Miss Cute, इसाबेला शर्माले Miss Attractive, श्रेयसी रौनियारले Miss Hygienic तथा त्रिशा शंकरले Miss Curious को उपाधि पाए।

बालबालिकाको प्रतिभा र व्यक्तित्व विकासलाई मुख्य उद्देश्य बनाइएको प्रतियोगितामा सामाजिक उत्तरदायित्वलाई समेत जोड दिइएको थियो। फाइनल कार्यक्रमकै अवसरमा रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि चन्दा संकलन गरिएको आयोजकले जनाएको छ।

आयोजक होप धरानका अनुसार प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा मञ्चीय प्रस्तुति र व्यक्तित्व विकास गर्ने अवसर प्रदान गरेको छ। विभिन्न चरणमा सहभागी बालबालिकाले सिर्जनशीलता, आत्मविश्वास र प्रस्तुति क्षमतामार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

फाइनल समारोहमा विजेता तथा विभिन्न विधाका उपाधि विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। प्रतियोगिताले धरानमा बालबालिकालाई लक्षित प्रतिभा, व्यक्तित्व विकास तथा मञ्चीय प्रस्तुतिसम्बन्धी कार्यक्रमको निरन्तरताका लागि सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ। (तस्बिर : गोपाल पौडेल )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित