काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका बाढीपीडितका लागि संखुवासभा लर्निङ ग्राउण्डले ६ लाख ५० हजार रुपैयाँ राहत सहयोग गरेको छ।
लर्निङ ग्राउण्डका अध्यक्ष कर्मा भोटियाको नेतृत्वमा संखुवासभाका युवाहरूको टोलीले काठमाडौंस्थित नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यकक्षमा पुगेर राहत रकमको चेक हस्तान्तरण गरेको हो।
बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको लर्निङ ग्राउण्डले जनाएको छ।
चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला बाढीपीडितको सहयोगका लागि गरिएको योगदानप्रति संखुवासभा लर्निङ ग्राउण्ड तथा सहयोगी युवाहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।
लर्निङ ग्राउन्डले प्राकृतिक तथा वातावरणीय संरक्षण सम्बन्धी अभियान गर्दै आइरहेको छ । संखुवासभा जिल्लाका प्राकृतिक वातावरण संरक्षण बिपरित विभिन्न कम्पनीबाट नेपाल सरकारले जलविद्युत परियोजना अनुमति दिँदा मानव सभ्यता समाप्तिसंगै पर्यावरणका ठुलो असर पर्ने कुरामा असहमति जनाउदै आएको छ ।
भोटेकोसी रसुवाको विनाशकारी बाढि जानुअघि भदौ ८ गते मात्र संखुवासभाको भोटखोलामा छुजुङ खोला,बरुण (छुक्चुव),बाकाङ खोला,टिजु,धोगम लगायत ५५ वटा कम्पनिले अनुमति पाएको भन्दै धार्मिक आस्था समेत रहेका खोला नदिमा परियोजना संचालन नगर्न पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गरेका थिए । बरुण नदिको शिर,छुजुङको शिर थुदाम क्षेत्रमा कैयौं हिमतात रहेकोले परियोजनाले विष्फोटक पदार्थ प्रयोग गर्दा हिमताल फुटेर विनाश गर्ने चेतावनी दिएका थिए ।
सांग्रीला उर्जा कम्पनि,एम्पिक इनर्जिले वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन फर्जि गरेको,केहि सिमित स्थानीय हातमा लिएर परियोजनाको पक्षमा रहेको गलत फर्जि झुक्यानमा पारेको समेत आरोप लगाउदै भविष्यमा बिनाशकारी अवस्था सिर्जना गर्ने चेतावनी दिदै परियोजना रोक्नुपर्नेमा जोड दिएका थिए ।
नभन्दै भदौ १० गते अकल्पनीय भोटेकोसी रसुवा बिनाशकारी घटना भयो । जस्को प्रारम्भिक कारण हिमाल फुटेको अनुमान गरिएको छ । त्रीशुलि चिलिमे जलविद्युत सुरुङमा प्राविधिक मजदुरहरुको अहिले पनि खोजि उद्धार कार्य जारी रहेको छ । यहि घटना संखुवासभामा हुने स्थानीय अनि विज्ञले जनाएको छ ।





















Discussion about this post