हिमलुङ हिमालमा हिमपहिरो : ४ शव फेला, १२ अझै बेपत्ता

मनाङ — हिमलुङ हिमालमा गएको भीषण हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १२ जना अझै सम्पर्कविहीन छन्। आइतबार दुई जनाको शव फेला परेकोमा सोमबार थप दुई जनाको शव उद्धार गरिएको कुरा ट्राभल नेपालले जनाएको हो।

असोज ११ गते ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो गएपछि नेपाली पर्वतीय कामदार तथा गाइडहरू प्रभावित भएका हुन्। बेपत्ताको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ।

उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उद्धार अधिकारीहरूले बताएका छन्।

अपुष्ट जानकारी अनुसार संखुवासभा जिल्ला भोटखोला गाउँपालिकाका दुई जना परेको भनिए पनि अहिले आधिकारिक रुपमा नाम सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित