संखुवासभा । मनाङ जिल्लास्थित हिमलुङ हिमालको बेसक्याम्पमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका चार जनामध्ये दुई जना संखुवासभाको भोटखोला गाउँपालिकाका रहेको पुष्टि भएको छ।
हिमालय भोटे समाज, बौद्ध–६ काठमाडौंका अनुसार भोटखोला गाउँपालिका–३, पाङदोक निवासी छेवी भोटे र भोटखोला–२ निवासी पसाङ भोटे हिमपहिरोमा परी निधन भएको हो।
समाजले असोज ११ गते आइतबार जारी गरेको सूचनामा दुवै जना समाजका सक्रिय सदस्य रहेको उल्लेख गर्दै हिमलुङ हिमालको बेसक्याम्पमा हिमपहिरोमा परी निधन भएको जनाएको छ। भेटिएका चार शवमध्ये दुई जना भोटखोला गाउँपालिकाका रहेको समाजले पुष्टि गरेको हो।
समाजका अनुसार मृतक दुवैको पार्थिव शरीर काठमाडौं ल्याइसकिएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै हिमालय भोटे समाजले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
<span;>असोज ११ गते हिम्लुङ हिमालमा हिमपहिरो जाँदा १६ जना हराएका मध्ये ४ जनाको शब भेटिएको छ । १२ जना सम्पर्क बिहिन रहेको खोजि उद्धार कार्य भैरहेको जनाएको छ ।




















Discussion about this post