काठमाडौं । हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा जारी खोज तथा उद्धार अभियानको दोस्रो चरण पनि सम्पन्न भएको छ।
NNMGA Search & Rescue Team का अनुसार अत्यन्त कठिन हिमाली परिस्थितिका बाबजुद खोज तथा उद्धार टोलीले १५ जनालाई फेला पारेर उद्धार तथा पहिचान गरेको छ। करिब १४ फिटभन्दा बढी हिउँ जमेको क्षेत्रमा समेत टोलीले खोजी कार्य जारी राखेको थियो।
पहिलो चरणको अभियान IFMGA Mountain Guide मिङ्मा जी. शेर्पाको नेतृत्वमा सञ्चालन भएको थियो भने दोस्रो चरणको नेतृत्व IFMGA Mountain Guide पासाङ काजी शेर्पाले गरेका थिए।
उद्धार गरिएका १५ जनामा चेबी भोटे, पासाङ भोटे, वीरेन्द्र गुरुङ, घनश्याम राई, वीरख धोज तामाङ, जगत तामाङ, कलाम बुढा, लककुमार राई, ङिमा दोर्जे तामाङ, सन्तवीर तामाङ, सुरज राई, उर्खा धोज बोहरा, प्रेम तामाङ, किर्ते शेर्पा र आश गुरुङ रहेका छन्।
तर पासाङ नुरी शेर्पा अझै बेपत्ता रहेको NNMGA ले जनाएको छ।
खोज तथा उद्धारको पहिलो चरणमा मिङ्मा जी. शेर्पा, पिम्बा तेन्जिङ भोटे, आशिष गुरुङ, पासाङ रिन्जी शेर्पा र डान्डु शेर्पा सहभागी थिए।
त्यस्तै, दोस्रो चरणमा पासाङ काजी शेर्पाको नेतृत्वमा विक्रम कार्की, ङिमा तासी शेर्पा, दावा साङ्गे शेर्पा, दावा जाङ्बु शेर्पा, काजी शेर्पा, दा नुर्बु शेर्पा, तार्के शेर्पा, दावा तेन्जी शेर्पा, तासी तेन्जो गुरुङ र बलराम गोम्बु तामाङ सहभागी थिए।
लगातारको हिमाली जोखिमका कारण हालका लागि खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकिएको छ। मौसम तथा हिमाली अवस्था अनुकूल भएमा थप खोजी कार्य गर्न सकिने जनाइएको छ।
घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै NNMGA ले मृतकका परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
१५ जना उद्धार तथा पहिचान | १ जना अझै बेपत्ता




















Discussion about this post