विजयपुर, लिम्बुवान — २०८३ असोज १३–१४ गते
विजयपुर सम्मेलन–२०८३ ले विजयपुरको ऐतिहासिक, राजनीतिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वलाई पुनः स्थापित गर्दै लिम्बुवानको ऐतिहासिक राजधानीका रूपमा विजयपुरको पहिचान, संरक्षण र अभिलेखीकरण गर्ने घोषणा गरेको छ।
घोषणापत्रका मुख्य बुँदाहरू:
१) विजयनारायण रायलाई विजयपुरका संस्थापक राजाका रूपमा उपलब्ध ऐतिहासिक स्रोत, वंशावली र प्रमाणका आधारमा निष्कर्ष प्रस्तुत।
२ ) विजयनारायण रायको वंशीय तथा याक्थुङ/लिम्बु पहिचान सम्बन्धी ऐतिहासिक प्रमाणको तुलनात्मक अध्ययन गर्ने।
३ ) महारानी धाइसम्मा सम्बन्धी ऐतिहासिक तथ्य तथा विजयपुरसँगको सम्बन्धबारे निष्कर्ष प्रस्तुत।
४ ) मुरेहाङ र सिङ्गा रायको पहिचान तथा वंशपरम्पराबारे उपलब्ध प्रमाणको अध्ययन गर्ने।
५ ) ‘मोरङ’ नामको उत्पत्ति सम्बन्धमा विभिन्न ऐतिहासिक स्रोत र भाषिक व्याख्याको तुलनात्मक अध्ययन गर्ने।
विजयपुरलाई लिम्बुवानको तहसिल राजधानी/ऐतिहासिक राजधानीका रूपमा रहेको निरन्तरतासहित प्रस्तुत गर्ने।
६ ) विजयपुरका अन्तिमकालीन शासक तथा बुद्धिकर्ण रायको ऐतिहासिक भूमिकाबारे प्रमाणको पुनः परीक्षण गर्ने।
७ ) विजयपुर तथा लिम्बुवानको ऐतिहासिक भूगोल र सीमानासम्बन्धी अध्ययन तथा अभिलेखीकरण गर्ने।
याक्थुङ/लिम्बु आदिवासी भूमि अधिकारलाई ILO 169, UNDRIP लगायत अन्तर्राष्ट्रिय मान्यताका आधारमा अध्ययन तथा स्थानीय तहमा अभिलेखीकरण गर्ने।
८ ) विजयपुरको संरक्षण, अतिक्रमण नियन्त्रण तथा ऐतिहासिक सम्पदाको दस्तावेजीकरण र पुनर्स्थापनाका लागि पहल गर्ने।
९ ) विजयपुरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
१० ) ऐतिहासिक तथ्यको नाममा इतिहास तोडमोड गर्ने, विजयपुर दरबार क्षेत्रमा अतिक्रमण गर्ने कार्यको प्रतिरोध गर्ने प्रतिबद्धता।
सरोकारवाला समूह, राज्य र स्थानीय सरकारसँग वार्ता तथा संवाद खुला राख्ने घोषणा।
सम्मेलनको मुख्य प्रतिबद्धता
घोषणापत्रले विजयपुर तथा लिम्बुवानको इतिहाससँग सम्बन्धित शिलालेख, नक्सा, लालमोहर, सनद, वंशावली, ताम्रपत्र, पुरातात्त्विक प्रमाण र अन्य प्राथमिक स्रोतको खोज, संरक्षण तथा डिजिटल अभिलेखीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
























Discussion about this post