काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय दिल निशानी मगरले पूर्व युवराज पारस शाह र हालै एमाले–समाजवादी पार्टीबीच आवा–गमन गरेका नेतृ राम कुमारी झाँक्रीलाई तुलना गर्दै गरिएको स्टाटसले चर्खो बहस सुरु भएको छ। उनले झाँक्री र पारसको कुकुरसँग सुतेको फोटो समेत पोष्ट गर्दै मान्छेको “प्रवृत्ति”बारे टिप्पणी गरेका छन्।
दिल निशानीले लेखेका केही मुख्य अंश यस्तो छन्—उनका अनुसार,
पारस शाहले दरबार छाडेपछि कहिल्यै पुनः दरबार फर्किन खोजेनन्,
सडकमै कुकुरसँग सुत्नुपरे पनि “राजाको छोरा” भन्दै विशेष व्यवहार खोजेनन्,
राजसंस्था र शक्तिबारे प्रश्न गर्दा टारे,
बदला लिने भावना या सत्ता–लालसामा नदेखिएको उनको मत छ।
यता, उनले राम कुमारी झाँक्रीलाई इंगित गर्दै लेखेका छन् कि—
दशकौँ सत्तामा बसे पनि सडकमा आन्दोलन गर्ने चेतावनी दिनेलाई ‘टाउको काटिएको भाले’सँग तुलना,
मन्त्री, सांसद भएर पनि सन्तुष्ट नभई ‘स्याल कराएझैँ’ कराउने,
आफूहरू बिना देश चल्दैन भन्ने मानसिकता देखिने,
झुपडीमा जन्मिएको मान्छेमै ‘विलासीपन र सुविधाभोगको चरम लालच’ देखिने आरोप लगाएका छन्।
उनले देशको ड्रग्स समस्यालाई पनि जोड्दै पारसलाई ‘ड्रग्स सेवनको’ आरोप लगाइने तर आज सुदूरपश्चिम, मधेश र अन्य जिल्लामा लाखौँ युवा लागूपदार्थको दुव्र्यसनमा फसेको वास्तविकता राज्यले बेवास्ता गरेको टिप्पणी गरेका छन्।
उनका अनुसार,
युवाका हातमा रोजगारको तलब हुनुपर्नेमा ‘ड्रग्सका सुई’,
कल–कारखाना बन्नुपर्नेमा ‘सुधार केन्द्र’ बढिरहेको,
मोटरसाइकलमा रड, पेट्रोल र खुकुरी बोकेर हिंड्ने युवाहरू बढ्दो भयावहता भएको उल्लेख छ।
दिल निशानी मगरको यो पोस्टले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र राजनीतिक बहस उत्तेजित गरेको देखिन्छ।





















Discussion about this post