भेडेटार । धनकुटाको पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा १३औँ खानपिन तथा पर्यटन प्रवर्द्धन महोत्सव आयोजना हुने भएको छ। होटल एसोसिएसन भेडेटारको आयोजनामा महोत्सव पुस १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै स्थानीय कृषि, घरेलु उत्पादनको बजारीकरण र होटल तथा होमस्टे व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य रहेको अध्यक्ष तुमराज लिम्बूले बताए। यस वर्ष भारतीय पर्यटक लक्षित विशेष प्रचार रणनीति अपनाइएको आयोजकले जनाएको छ।
महोत्सव अवधिमा भेडेटार आसपासका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन, स्थानीय परिकार र उत्पादनको प्रदर्शनी हुनेछ। समुद्री सतहबाट १४२०–१७०५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्न उपयुक्त रमणीय स्थलका रूपमा परिचित छ।





















Discussion about this post