युवा कलाकार निखार्न बिर्तामोडमा तीनदिने ‘Acting Bootcamp’

बिर्तामोड, झापा । युवा कलाकारको अभिनय क्षमता, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने उद्देश्यले बिर्तामोडमा तीनदिने ‘Young Artists’ Acting Bootcamp 2026’ आयोजना हुने भएको छ।

छुनुमुनु थिएटर काठमाडौंको सहकार्य तथा CES Theatre Club को आयोजनामा हुने बुटक्याम्प भदौ २७ देखि २९ गतेसम्म बिर्तामोडस्थित Children Environment School (CES) को Grace Auditorium मा सञ्चालन हुनेछ। कार्यक्रममा झापाका विभिन्न विद्यालयमा Theatrical Art अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्।

बुटक्याम्पमा आवाज, शरीर, भाव, अभिव्यक्ति, हाउभाउ तथा मञ्चीय प्रस्तुतिसम्बन्धी व्यावहारिक अभ्यास गराइनेछ। उत्कृष्ट प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चका लागि तयार गर्ने लक्ष्य आयोजकले लिएको छ।

कार्यक्रममा छुनुमुनु थिएटरका निर्देशक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक राजन भुजेलले मुख्य प्रशिक्षण दिनेछन्। पहिलो दिन ‘विद्यालयमा अभिनय शिक्षा’ विषयमा प्यानल डिस्कसनसमेत हुनेछ। छलफलमा राजन भुजेलसहित वरिष्ठ नाट्य कलाकार टंक विकल्प, कविता नेपाल र सुभाषचन्द्र खरेल सहभागी हुनेछन्। कवि तथा सञ्चारकर्मी लिला अनमोलले सहजीकरण गर्नेछिन्।
बुटक्याम्पको संयोजन थिएटर प्रशिक्षक तथा लेखक–निर्देशक दिनेशराज शर्माले गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रम अभिनय प्रशिक्षणमा सीमित नभई विद्यालय तहबाटै युवा प्रतिभाको पहिचान, क्षमता विकास र रंगमञ्चप्रति आकर्षण बढाउने अभियानका रूपमा अघि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित