‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’ का विजेतालाई नगद पुरस्कार

धरान । होप धरानको आयोजनामा सम्पन्न ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’ का विजेताहरुलाई शनिबार नगद पुरस्कारसहित सम्मान गरिएको छ।

धरान–७ स्थित सिद्धि नेवा परिषदमा आयोजित कार्यक्रममा समाजसेवी सदीप श्रेष्ठको प्रमुख आतिथ्यमा मिसतर्फकी विजेता इसाबेला शर्मा र मिस्टरतर्फका विजेता आराध्य जङ थापालाई नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

गत भदौ २० गते धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा सभाहलमा प्रतियोगिताको फाइनल सम्पन्न भएको थियो। फाइनलमा विभिन्न चरण पार गर्दै सहभागी बालबालिकाले प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, बौद्धिक क्षमता तथा प्रस्तुति कलाको प्रदर्शन गरेका थिए।

प्रतियोगितामा धरानका विभिन्न क्षेत्रबाट ४० जना बालबालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै इसाबेला शर्माले ‘जुनियर मिस धरान’ र आराध्य जङ थापाले **‘जुनियर मिस्टर धरान’**को उपाधि जितेका हुन्।

बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरुमा आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने सीप विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको होप धरानले जनाएको छ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि सदीप श्रेष्ठले बालबालिकाको प्रतिभा विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताए। उनले उपाधि जित्नुभन्दा पनि प्रतियोगिताबाट प्राप्त अनुभव, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्ने अवसरलाई महत्वपूर्ण रूपमा लिनुपर्ने धारणा राख्दै विजेता तथा सहभागी सबै बालबालिकालाई बधाई तथा शुभकामना दिए।

कार्यक्रममा प्रतियोगिताका विजेता तथा सहभागी बालबालिका, अभिभावक र आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। पुरस्कार वितरणसँगै ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’को दोस्रो संस्करण औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित