सहयात्री सहकारीको १८ औ वार्षिक साधारण सभा,काजी गिरी अध्यक्षमा पुनः चुनिए

​धरान । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट काजी गिरी पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

संस्थाले साधारण सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था, शेयर पुँजी, बचत संकलन, ऋण लगानी, विभिन्न कोष तथा आय–व्यय विवरणसहित आगामी आर्थिक वर्षको अनुमानित बजेटसमेत प्रस्तुत गरिएको छ।

प्रतिवेदनअनुसार सहकारीको मुख्य आर्थिक गतिविधि सदस्यबाट बचत संकलन गरी त्यसलाई ऋणका रूपमा लगानी गर्ने तथा शेयर पुँजी र विभिन्न कोषमार्फत संस्थाको वित्तीय आधार विस्तार गर्ने रहेको देखिन्छ। साधारण सभामा अघिल्ला आर्थिक वर्षहरूको तुलनात्मक विवरणसमेत प्रस्तुत गरिएको छ।

बचत तथा ऋण लगानी मुख्य कारोबार
सहकारीको वित्तीय विवरणमा सदस्य बचत, शेयर पुँजी, ऋण लगानी तथा अन्य कोषलाई प्रमुख आर्थिक सूचकका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदनमा विभिन्न शीर्षकअन्तर्गतको बचत तथा ऋण लगानीको अघिल्लो वर्षसँग तुलना गरिएको छ।

त्यस्तै, संस्थाले विभिन्न शीर्षकमा गरेको आम्दानी तथा खर्च, ब्याजसम्बन्धी कारोबार, कर्मचारी तथा प्रशासनिक खर्च, कार्यालय सञ्चालनलगायतका विवरण पनि साधारण सभामा प्रस्तुत गरेको छ।

संस्थाले आगामी आर्थिक वर्षका लागि समेत विभिन्न शीर्षकमा खर्च तथा कार्यक्रमको अनुमान गरेको छ। प्रस्तुत अनुमानित बजेटमा कार्यालय सञ्चालन, कर्मचारीसम्बन्धी खर्च, बैठक तथा साधारण सभा, सूचना प्रविधि, लेखा तथा प्रशासन, तालिम, सामाजिक तथा संस्थागत गतिविधिलगायतका शीर्षक समेटिएका छन्।
प्रतिवेदनमा संस्थाको वित्तीय अनुशासन कायम राख्दै सदस्यको बचत परिचालन, ऋण लगानी र असुलीलाई व्यवस्थित बनाउने विषयमा समेत जोड दिइएको छ। सहकारीले सदस्यको आर्थिक आवश्यकता सम्बोधन गर्न ऋण लगानीलाई आफ्नो प्रमुख कारोबारका रूपमा अघि बढाएको देखिन्छ।

काजी गिरी पुनः अध्यक्ष
यसैबीच छैटौँ अधिवेशनबाट काजी गिरी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन उपसमितिका संयोजक राजकुमार वनको अध्यक्षतामा बसेको बैठकले निर्धारित समयभित्र उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध कुनै दाबी–विरोध नपरेकाले अन्तिम नामावली प्रकाशन गरी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

नवनिर्वाचित सञ्चालक समितिमा:
अध्यक्ष : काजी गिरी
उपाध्यक्ष : सूर्यबहादुर श्रेष्ठ
सदस्य : गणेश भुजेल
सदस्य : गजेन्द्र लमजेल
सदस्य : चित्रकुमार कार्की
सदस्य : मनोहर श्रेष्ठ
सदस्य : शिला कोइराला बस्नेत
सदस्य : मनिता गुरुङ
सदस्य : सीता धवल पाण्डे
रहेका छन्।

त्यस्तै, लेखा सुपरीवेक्षण समिति पनि चयन गरिएको छ। जसको संयोजकमा एकराज गिरी चयन भएको छ । सदस्यमा लक्षमि सुवेदी र टीका श्रेष्ठ छन ।
साधारण सभामा संस्थाको विगतको आर्थिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा, वित्तीय व्यवस्थापन, सदस्य सेवा तथा संस्थागत गतिविधिबारे छलफल गरिएको छ।

सहयात्री बचत तथा ऋण सहकारीको खुद नाफा झण्डै ५ लाख, कुल सम्पत्ति १३ करोड नाघ्यो

असार मसान्त २०८३ सम्म संस्थाको कुल सम्पत्ति बढेर १३ करोड ३३ लाख ३८ हजार ३ सय ९७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १२ करोड ७ लाख ६७ हजार रुपैयाँ रहेको थियो। यस अवधिमा संस्थाले सदस्यहरूबाट १० करोड ५१ लाख ७५ हजार रुपैयाँ भन्दा बढी बचत सङ्कलन गरी ७४ लाख ४ हजार रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ। संस्थाको शेयर पूँजी १८ लाख ४७ हजार ३ सय रुपैयाँ पुगेको छ।

​सञ्चालन आम्दानीतर्फ सहकारीले यस वर्ष १२ लाख ८७ हजार ५ सय १३ रुपैयाँ ब्याज आम्दानी गरेको छ भने १० लाख ४२ हजार ७ सय ९३ रुपैयाँ ब्याज खर्च भएको छ।

​सञ्चालन मुनाफाबाट प्राप्त खुद नाफालाई नियमानुसार साधारण जगेडा कोष, शेयर लाभांश कोष, संरक्षित पूँजी फिर्ता कोष, कर्मचारी बोनस तथा सहकारी शिक्षा र विकास कोषहरूमा बाँडफाँड गरिएको संस्थाका अध्यक्ष काजी गिरी, व्यवस्थापक मुना गिरी र लेखा समिति संयोजक विष्णु प्रसाद गौतमद्वारा हस्तान्तरित प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित