चलचित्र नम्बरी सुन साउन २५ देशभर प्रदर्शनमा आउदै

दिपेश रोक्का । काठमाडौ
काठमाडौ , ३१ असार । नेपाली चलचित्र नम्बरी सुन साउन २५ बाट देश भर प्रदर्शनमा आउने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै निर्माण टिमले जानकारी गराएको हो । चलचित्रको निर्माण नारायण खातीले गरेका छन । चलचित्रको निर्देशक राजु गिरी गरेका छन ।

चलचित्र नम्बरी सुन एक सुनको विषयमा आधारीत रहेको तथा दर्शकहरुले सुन सम्बन्धि धेरै जानकारी लिनसक्ने तथा लभ स्टोरी पनि रहेको चलचित्र निर्माता नारायण खातीले बताए । चलचित्रले राम्रो बकस अफिस कलेक्सन गर्न सक्ने उनले बताए ।

नम्बरी सुन एक कमर्सियल चलचित्र बनेको तथा दर्शकको मन जित्ने खालको चलचित्र निर्माण भएको निर्देशक राजु गिरीले बताए । चलचित्रमा सरोज खनाल , गौरब पाहरी , नम्रता सापकोटा , राजाराम पौडेल , बुद्वी तामाङ , बिनोद न्यौपाने लगायत अन्य कलाकारहरुले अभियान गरेका छन । चलचित्र ट्रेलर केही दिन पश्चात् सार्वजनिक गर्ने चलचित्र निर्माण पक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित