धरान। धरानको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘साँच्चै स्वर्ग धरान मेरो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
मास्के कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र बेघाले पहिलोपटक युटुबमार्फत सार्वजनिक गरिएका थिए । गीतमा संगीत AI को स्वर रहेको छ भने गीतका रचनाकार रमेश चक्र खड्का हुन्।
आयोजकका अनुसार म्युजिक भिडियोमा धरानका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धरानलाई देश–विदेशमा चिनाउने प्रयास गरिएको छ। कार्यक्रममा सञ्चारकर्मी, कलाकार, स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
म्युजिक भिडियो सार्वजनिक गर्दै आयोजकले धरानप्रतिको प्रेम, पहिचान र पर्यटन प्रवर्द्धनमा यसले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।




















Discussion about this post