‘लडाइँ पहिचानको’ ट्रेलर सार्वजनिक, पहिचानवादी आन्दोलनको कथा पर्दामा

काठमाडौं । पहिचानवादी आन्दोलनको कथामा आधारित बहुप्रतिक्षित नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक गरिएको छ। भीम लामा फिल्म्सको ब्यानरमा बनेको यो एक्शन–ड्रामा विधाको चलचित्र मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

२ मिनेट ४७ सेकेन्डको ट्रेलरमा कोशी प्रदेश नामाङ्कनपछि सुरु भएको पहिचानको आन्दोलन, त्यससँग जोडिएका संघर्ष, बलिदान, चोट–पीडा र सामाजिक द्वन्द्वलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। ट्रेलरले फिल्मको कथा इन्डियन आइडल विजेता प्रशान्त तामाङको चरित्रलाई केन्द्रमा राखेर अघि बढेको संकेत गर्दछ।

फिल्ममा करिश्मा मानन्धर, धीरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, सुरवीर पण्डितलगायत प्रमुख कलाकारको अभिनय देख्न सकिनेछ। साथै किशोर साम्बाहाम्फे, रोशन शर्मा, सुबास योञ्जन, परशुराम चौधरी, शर्मिला राई लगायत कोशी प्रदेशका दर्जनौँ कलाकारहरूको सहभागिताले फिल्मलाई थप स्थानीय रंग दिएको छ।

फिल्मको लेखन तथा निर्देशन भीम लामाले गरेका छन्। निर्मातामा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ छन्। पटकथा भीम लामा, सरोज केसी र रमेश डी कौशिकको छ।

छायांकन मदन कश्यप घिमिरे, सम्पादन रमेश डी कौशिकले गरेका हुन्। संगीत बलराम समाल, भीम बस्नेत, दिप्सन लिम्बू, शेखर थापा र सागर तामाङले दिएका छन्।
एक्सन निर्देशन देव कुमार महर्जनले गरेका छन्।
गीतमा मणी कुमार लिम्बू र सानू राजा थेगिमको कोरियोग्राफी रहेको छ।

फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल र वितरण अधिकार कुबेर सिने डिस्ट्रीब्युसन प्रा. लि. ले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित