चलचित्र पहिचानलाई राज्यको अंकुश लाग्यो तत्काल स्थगन

काठमाडाैं, माघ ६ । भिम लामा प्रोडक्सनले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘लडाई पहिचानको ’ को प्रदर्शन हालकाे लागि रोकिएको छ। टिजर सार्वजनिक पछि प्राप्त प्रतिक्रियाकाे सम्मान गर्दै दर्शक, सराेकारवाला तथा समीक्षकहरूले उठाएका चासोकाे सम्बाेधन गर्न चलचित्रलाई तत्काल स्थगन गरिएको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार चलचित्रका केही दृश्य तथा संवादले राज्यकाे तर्फबाट अनावश्यक हस्तक्षेप भएकाे जस्तो देखिन सक्ने आशंकाका कारण प्रदर्शन स्थगित गरिएको हो। आगामी माघ ५ गतेबाट रिलिज गर्ने तयारी गरिए पनि सम्पूर्ण विषयको समीक्षा, परिमार्जन तथा स्पष्टिकरणका लागि समय आवश्यक भएको निर्माण पक्षले बताएको छ।

फिल्मका लेखक तथा निर्देशक भिम लामाले दर्शकले गरेका सुझावहरूको कदर गर्दै चलचित्रको पुनःसम्पादन, थिम पुनर्मूल्यांकन तथा विषयवस्तुको परिमार्जन गरी छिट्टै स्पष्ट, सुदृढ र पूर्णरूपमा पुनःप्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस निर्णयले दर्शक वर्गमा पर्न गएको असुविधाप्रति निर्माण टोलीले हृदयपूर्वक क्षमायाचना समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित