याक्थुङ सिने अवार्ड इन्टरनेशनल–२०८२ का विजेता सार्वजनिक

नवीन सेन्चुरी

धरान । याक्थुङ चलचित्रकर्मी संघ, नेपालको आयोजनामा सम्पन्न याक्थुङ सिने अवार्ड इन्टरनेशनल–२०८२ का विभिन्न विधाका विजेताहरू सार्वजनिक गरिएको छ । संघका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याक्थुङ भाषाका चलचित्रकर्मीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

गत वर्ष चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाविद् तथा कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेन्याङ्बोको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा याक्थुङ चलचित्र क्षेत्रको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

चलचित्रतर्फका विजेता

सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र ‘चे’ ले हात पारेको छ । उक्त चलचित्रका निर्देशक दिनेश माङ्गु (युकपुङ) घोषित भए भने नायकको अवार्ड किशोर सम्बाहाम्फे (माङ्गेना) र नायिकाको अवार्ड बिमला खजुम (चे) ले प्राप्त गरेकी छन् ।

त्यस्तै, नव नायकको अवार्ड राज श्रेष्ठ (सिकुम) र नव नायिकाको अवार्ड निसाम तुम्बापो (लोजिमा) ले जितेका छन् । चरित्र अभिनेतातर्फ सिडी बेघा (हाजानन्द) र चरित्र अभिनेत्री तर्फ उष्णर कुमारी पयाङ्गो (सुगुप) सम्मानित भइन् ।

साउण्ड डिजाइन लेम्बुहाङ अवार्ड प्रेम सुब्बा ले जित्दा, टाइटल डिजाइन अवार्ड मिना हुक्पा चोङबाङ लाई प्रदान गरियो । सोसल च्वाइस चलचित्रको अवार्ड ‘सुगुप’ ले हात पार्दा, सोसल लघु चलचित्र अवार्ड ‘खोक्पा’ लाई प्रदान गरिएको छ ।

लघु चलचित्रतर्फ
लघु चलचित्रतर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘खोप्पा’ ले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड प्रकाश लिम्बु (खोप्पा) लाई प्रदान गरियो भने नायकतर्फ तिरज लिम्बु (खोप्पा) चयन भए ।

नायिकातर्फ बिमला थोक्लिङ (इडिङ) र अभिनेतातर्फ कर्ण सम्बाहाम्फे (इडिङ) सम्मानित भए । अभिनेत्री तर्फ मिना हुक्पा चोङबाङ ले अवार्ड प्राप्त गरिन् ।
कार्यक्रममार्फत याक्थुङ चलचित्र, कला र संस्कृतिको प्रवर्द्धन तथा याक्थुङ चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्य लिइएको आयोजक संस्थाले जनाएको छ । संघले आगामी दिनमा पनि याक्थुङ सिने अवार्डलाई निरन्तरता दिँदै चलचित्रकर्मीहरूको हौसला र सम्मानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित