केन्द्रीय प्रविधि क्याम्पसमा FSU Cup विवाद, स्ववियु सभापति पेसल राज कार्कीमाथि कारबाहीको माग

नवीन सेन्चुरी

धरान । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा भइरहेको ‘FSU CUP’ प्रतियोगितालाई लिएर विवाद चर्किएको छ। क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख र विभिन्न विद्यार्थी संगठन/समूहले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु सभापति पेसल राज कार्कीमाथि गम्भीर आरोप लगाएका छन्।

संयुक्त विज्ञप्तिमा FSU Cup सञ्चालनका क्रममा विद्यार्थीहरूलाई एकल निर्णय र अमर्यादित व्यवहारको शिकार बनाइएको, सार्वजनिक स्थानमा असभ्य तथा अपमानजनक शब्द प्रयोग गरिएको र विद्यार्थीको सम्मानमा आँच पुगेको उल्लेख छ।

त्यस्तै, प्रतियोगिताको व्यवस्थापन पक्ष कमजोर रहेको, खेलाडी तथा विद्यार्थीका लागि आवश्यक पानीलगायत आधारभूत सुविधा उपलब्ध नगराइएको, खेल तालिका परिवर्तन गर्दा विद्यार्थीलाई पर्याप्त जानकारी नदिएको र प्रतियोगिताका क्रममा विद्यार्थीलाई वाकआउट गर्न बाध्य पार्ने वा दबाब दिने गतिविधि भएको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा यी घटनाले विद्यार्थीको समान अधिकार तथा क्याम्पसमा हुने गतिविधिको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सम्बन्धित निकायलाई २४ घण्टाभित्र घटनाबारे स्पष्ट धारणा सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ। माग सम्बोधन नभए थप कडा कदम चाल्ने चेतावनीसमेत दिइएको छ।
Central Campus of Technology
विज्ञप्तिमा क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित