धरान । सुम्निमा पारुहङ प्रतिमा प्रतिष्ठानले आयोजना गरेको प्रथम सुम्निमा रन २०८३ भव्य रुपमा सम्पन्न भएको छ । करिब ४ किलोमीटर दुरिलाई १६.३६ मिनेटमा पार गर्दै पुरुषतर्फ अमीर लिम्बुले प्रथम स्थान हात पारे भने महिलातर्फ जुलिन राईले २२.१४ मिनेट लगाएर प्रथम स्थान हात पारेको छ ।
संस्कृति,खेलकुद पर्यटनको नारा दिएको सुम्निमा रन असोज १७ गते बिहान धरान १३ को जानकि चोक नजिक रहेको पक्कि पुलबाट धरान २० सुम्निमा पारुहाङ प्रतिमा निर्माणस्थलसम्म दौड शुरु भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १६.५२ मिनेटमा फुर्वा लिम्बुले पार गर्दै दोस्रो र फुर ल्हाक्पा शेर्पाले १६.५६ मिनेटमा पार गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए ।
त्यसैगरी महिलातर्फ दिक्षा राईले २५.२३ मिनेटमा पार गर्दै दोस्रो र लक्ष्मि राईले २६ मिनेटमा निर्धारित स्थान पुग्दै तेस्रो स्थान हासिल गरेका थिए । बिजेता खुलातर्फका धावकले क्रमश नगद १५ हजार प्रथम १० हजार दोस्रो र ७ हजार ५ सय रुपैया तेस्रोले प्राप्त गरेका थिए ।

त्यसैगरी महिला भेट्रान तर्फ जमुना लिम्बु प्रथम जमुना राई दोस्रो र कुसुम लिम्बु तेस्रो भएका थिए । पुरुष भेट्रानतर्फ रेशम लिम्बु प्रथम विमानसिंह तामाङ दोस्रो र विजय राई तेस्रो भएका थिए । भेट्रानतर्फ विजेताले क्रमश नगद १० हजार रुपैया,७ हजार ५ सय र ५ हजार प्राप्त गरेका थिए ।
सुम्निमा रनमा सुपर भेट्रानमा प्रथम हुने महिला पुरुषलाई मात्र पुरस्कारको व्यावस्था गरेको थियो । सोहि अनुसार पुरुष सुपर भेट्रानतर्फ रकमसिंह राई र महिलातर्फ कला राई प्रथम भएका थिए । दुबैजनाले नगद १० हजार रुपैया प्राप्त गरेका थिए । बिजेताहरुलाई आयोजकले तोकिएको पुरस्कार बाहेक अन्य प्रायोजकबाट समेत उपलब्ध भएको नगद पुरस्कार सुम्निमा पारुहाङ प्रतिष्ठानका अध्यक्ष समेत रहेका सुम्निमा पारुहान्ङ प्रतिमाका परिकल्पनाकार सांसद हर्क साम्पाङले हस्तान्तरण गरेका थिए ।
रनका लागि नाम दर्ता गराउने अन्तिम समयावधि १२ असोसम्म रहेकामा २६३० जनाले न्नाम दर्ता गराएका थिए । जर्सि पछि पाउने सर्तमा थप धावकले नाम दर्ता गरेपछि प्रतियोगिता गराउने समयसम्म २६३९ जनाले नाम दर्ता गरिएको कुरा अनलाइन नाम दर्ताको सयोजकमा रहेका करुण राईले जानकारी दिए ।
सांसद हर्क साम्पाङले सुम्निमा पारुहाङ कुनै जाति विषेशको भन्ने हल्ला चिया पसलमा भएको भन्दै त्यो सरासर गलत भएको बताए । सुम्निमा पारुहाङ स्थल घुम्न आउनेको लागि पर्यटन,आस्था भएको लागि मन्दिर र अध्ययन गर्न चाहनेको लागि मुन्धुम सभ्यता अध्ययन केन्द्रको रुपमा स्थापना हुने बताए । साम्पाङले सुम्निमा पारुहाङ निर्माणकार्य ढिलाई हुनुमा प्राविधिक रुपमा भुगर्भ तथा भुगोलविदको अध्ययन र जग्गा धनिबाट जग्गा प्राप्तिले गर्दा समय लागेको बताए ।
समापन कार्यक्रममा सांसद पुर्ण लिम्बु,अम्बिका संग्रौला,राई इज किङ राजेश पायल राई,द कमाण्डोका राजकुमार राई लगायतको विशिष्ट व्यक्तिको उपस्थिति रहेका थिए ।























Discussion about this post