हरियो रंग मन्जुश्री पन्च तत्व ज्योतिषमा पहिलो तत्व कास्ठको रङ हरियो हुन्छ ।
गुण जन्माउने, बिकास गर्ने, बिस्तार गर्ने, उत्पादन गर्ने हुन्छ ।
अङ्ग = कलेजो, आँखा रगत स्वासप्रस्वास शरीरको महत्वपूर्ण अङ्ग जस्तै समाज र देशको निम्ति कार्य गर्ने र गर्नु पर्ने ।
हरियो रुख= अक्सिजन दिने, फल दिने, अन्न दिने, उर्जा दिने, विरामी हुँदा निको बनाउने औषधि दिने, जिम्मेवारी बहन गर्नु पर्ने ।
हरियो रङ (फुल चार्ज) पुर्णता भरिपुर्ण ।
औंला बुढी औला (Good) को साईन हुन्छ ।
चिमको सुन्तला रङ अग्नि तत्व नराम्रोलाई नष्ट गर्ने । अन्धकारलाई उज्यालो प्रकाश दिने ।
अन्धकारमा नै उज्यालो महत्व हुन्छ। त्यसैले बत्तीले समाजमा र देशमा उज्यालोपना दिने गर्दछ।
यो चिम भित्र एक जना मानिस उभिएको चित्र छ, जसले सुसाशन र समृद्धिको प्रतीक दुई हात उचालेर खुसी भएको बुझाँउछ।
यिङ र याङ जनाउछ- समानता बुझाउछ ।
दुई जाती स्त्री र पुरुष जनाउछ।
दुई सत्य दुख र दुखको कारण सत्य
दिन र रात दुबैमा उज्यालो प्रदान गर्ने ।
चिमको फेदमा भएको ३ वटा रेखाले हिमाल, पहाड र तराईमा जनाउछ सबै ठाउमा समान बिकास हुनु पर्छ । समावेसी हुनु पर्छ ।
त्रीकाय शरिर, वचन र मन नेता या मानिस भए पछि शुद्ध हुनु पर्छ भन्ने बुझाउछ।
चिमको बाहिरी ९ ज्योतिले ९ मेवा बुझाउछ। मानिसको शरीर हुने ९ द्वारले जिवित भए झै देश जिवित हुनु पर्छ भन्ने जनाउछ ।
एक देखि अङक नौ भन्दा ठूलो हुदैन र पुर्णता बुझाउछ ।
नौ ९ प्रकारको हुन्छ, राशिको पाउ पनि नौ प्रकारको हुन्छ। बुद्धतब प्राप्तिको निम्ति पनि नौ स्टेप पार गर्नु पर्दछ ।
ग्रहहरु पनि नौ वटा हुन्छन सबै ग्रहहरु मिल्नाले सौर्य मण्डल अडिएको हुन्छ ।
मेरु दण्ड २७ वटा हुन्छ जस्मा २+७= ९ हुन्छ ।
स्वाभाव धर्म ३६ वटा हुन्छ ३+६ = ९ हुन्छ ।
बत्ती (छ्युमी) १०८ बालिन्छ । १+०+८=९ हुन्छ ।
१२ लो ९ मेवा १२×९= १०८
२७ नक्षत्र×चार पाउ= १०८ हुन्छ।
१२ राशी ×९ पाउ = १०८
३६ स्वाभाव धर्म×३ काल= १०८
भगवान बुद्धले धर्म दान गर्नु भएको समय ४५वर्ष ४+५= ९
भगवान बुद्धले ज्ञान प्राप्त गर्नु भएको उमेर३६ वर्ष ३+६ = ९
भगवान बुद्धको महा परिनिर्वाण ८१ वर्ष ८+१= ९
त्यसैले ९ बराबर विस्व ब्रम्हाण्ड मिलान या समेट्ने भएकोले ९ ज्यालाले सबैमा सामाजिक न्याय प्रदान गर्न सक्ने देखाउछ ।
दलको प्रमाणपत्र नम्बर २१४ लाई पनि हेरौं ।
२+१+४= ७ हुन्छ अङ्क ज्योतिषमा ७ कस्तो नम्बर हो?
#डोल्मा आर्यताराको, सात तारा, सप्त लोचनी(देविहरु), बुद्धको सात पाइलामा फुल, सातबार, सप्तरत्न, भाग्य लक्की 7 (सेभेन) सप्त मङ्गल बुद्ध ।
त्यसैले अब बुझौं र आशा गरौ साथै सबै नेपाली जनताहरुको साथ पनि पावस र नेपाली जनताहरुलाई रोजगारी दिन सकोस र यो रहस्यमय अर्थहरु नयाँ उज्यालो नेपाल निर्माणमा कोशेढुङ्गा साबित हुन सकोस ।
सबै नेपालिले सुख,समृद्धि र बिकासको अनुभूति गर्न सकोस।
भवन्तु सर्वमङ्गलम ।























Discussion about this post