फेरि एक चर्चा बाहुन र नेपालका आदिवासी जनजाति बिचको – बालजित राई

बाहुन समुदाय/जाति अन्य जनजातिहरू वेदको समय देखि नै सँगै छन्।डा. बालकृष पोखरेलको खस जातिको इतिहास नामक किताब, बाईबल,वेदहरु र पुराणहरूमा प्रशस्त प्रमाणहरु दिग्गज विद्वानहरूले देखाएका छन्। त्यसैले बाहुन,क्षेत्री र अन्य समुदायहरूलाई घुमन्ते,फिरन्ते नै हुन उजिल्यै देखि।न बाहुनहरु नेपालको पूर्वी भागमा ढिलो आए भनेर धेरै शब्द खर्च नगरौं।कसले कहाँ बस्दा के के प्रगति कुन कुन क्षेत्रमा गरे भन्ने विषय चाहि अहिलेको चेतना,शिक्षा,उद्योग, व्यापार, हस्पिटल, प्रबिधि,संचारको प्रगतिसंग सिधा सम्बन्धित छ।कुनै पनि समुदाय को पुर्खाको त्याग,शिक्षा,चेतना,सत्ता,सभ्यताको विकासले वर्तमानमा ठूलो प्रभाव राख्छ।

किन जनजाति पछि परेका छन् त हरेक क्षेत्रमा?

प्राचीन कालमा उनिहरुको पुर्खाहरूले सृजना गरेको राज्य,बिकास कायम राख्न सकेनन् जीवन शैलीका कारणले:शिकार गर्न रमाउने,जाँड,रक्सी,झगडा बिनाकारण र शिक्षामा कम ध्यान, आफ्नै पाराको अलिखित मुद्दुम मा सीमित चेतना
आफ्नो परिवेशमा मात्र सीमित हुने परम्परा।श,
अन्य अगाडि बढेका समुदायहरूको सम्पर्क र सहकार्य न्युन।,

जनजातिको धामी,झाँक्रीमाआधारित विश्वास,जीवन,देखाई, बुझाई ,
न्याय बिचारको खोजीमा लगाव भएन।
जहाॅ बस्यो त्यहाँको श्रोतसाधनमा आधारित अर्थतन्त्रमा भएको जीवन शैली,आफ्नै भाषामा मात्र सीमित र अन्य भाषाबाट ज्ञानको खोजी लगभग शुन्य,संवादमा कम प्राथमिकता,ज्ञानको खोजी प्रकृतिको प्रयोगमा मात्र सीमित,तर्क विकासमा कमि,समाजका अगुवाहरुकोबुद्धि र शिक्षाको सृजनामा कम ध्यान, लठ्ठि,मुङ्ग्रि, मूर्ख बलमा प्राथमिकता,शैक्षिक संस्थाहरूको स्थापना शुन्य,
नयाँ संसार नखोज्ने,समय बसेर बिताइशउने,
शान्त,चुपचाप बस्ने, कौतुहल्ता अति सामान्य।

नेपालमा बाहुनहरू कसरी अगाडि हरेक क्षेत्रमा?

छोटो उत्तर: भारतीय ब्राह्मणहरु नेपालका बाह्मणहरु बसेको ठाउँहरूमा लखेटिएर हेपिएर शक्ति गुमाएर आए र नेपालका बाहुनहरूले हिन्दु धर्म र शिक्षा,वेद,पुराण…को बारेमा जान्ने मौका पाए। हिन्दु धर्म अपनाएभारतीयहरुबाट।

तर नेपालको बाहुनरु सिंजा/हालको महाकाली, कुमाउं,गढवाल…मा जनजातीहरुसंगै बस्थे।उनीहरूको मूल पहिचान मस्टो हो।जनजातीहरुको र नेपालको बाहुनहरूको मूल दर्शन धामी,झाँक्रीमाआधारित नै थियो र छ।

पूर्व आउंदा,संघर्ष गर्दै जाॅदा, न्याय परिवेशमा मिल्नु पर्दा उनिहरु ब्यापक परिवर्तन भए।वनारसमा गएर शिक्षा लिने अभ्यास विकास भयो। हिन्दु जीवन शैली,दर्शन अपनाए। जाँड, रक्सी नखाने पभए पछि शिक्षामा,ग्यानमा केन्द्रित हुन लालायित भए।

फलस्वरुप अरु जातिहरूलाई उछिने। पुर्खाको संघर्षबाट प्रेरणा ,वाकचातुर्यता सिक्ने राजनीतिमा ध्यान दिने त्यागि,सरल ,सादगी जीवन शैली सिक्न सके। हरेक क्षेत्रमा छलाङ् मारेका छन्। उनीहरूबाट इर्ष्या नगरी राम्रो कुरा सिक्ने र उनिहरुको नराम्रो कुरा नकार्ने अभ्यास गरौं।
हामी सबै नेपाली,एउटै घरको सदस्यहरू।हामी एक। हामी नेपाली।

बलजित राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित