नेपालमा हिन्दूकरण कहिलेदेखि र कसरी ?

नेपालमा हिन्दूकरण कहिलेदेखि र कसरी ?

विशेष लेख

प्रो. माणिक लाल श्रेष्ठ

नेपाल हिन्दू राष्ट्र होइन

नेपाल देशको हिन्दू धर्म तथा संस्कृतिको सम्बन्धबारे कुरा गर्दा आजकल दुई एकदमै विपरीत (र दुवै प्रतिबद्धतावादी) विचारहरू अभिव्यक्त गरिएको बराबर सुनिन्छ। एउटा धारणा छ—नेपाल हिन्दू राष्ट्र हो रे, वैदिक कालदेखि नै नेपाली जनताको हिन्दू (वैदिक, सनातनी र हिन्दू) धर्म र संस्कृति रही आएको छ भन्ने। यसको विपरीत दोस्रो धारणा छ—नेपाल मूलतः अहिन्दू राष्ट्र हो, प्राचीन काल र मध्ययुगको सुरुसम्म पनि नेपाली जनता पूरै गैरहिन्दू थिए, चौधौँ शताब्दीमा मल्ल राजा जयस्थिति मल्लले नेपालमा वर्णव्यवस्था लागू गरेदेखि मात्र हिन्दू धर्म–संस्कृतिको प्रवेश भएको हो रे।

तथ्यलाई केलाएर हेर्दा, इतिहासको राम्ररी अध्ययन गरी हेरेमा यी दुवै धारणाहरू पूरै गलत ठहरिन जान्छन्। वास्तवमा हिन्दू धर्म नेपालको प्राचीन धर्म होइन, परम्परागत रैथाने धर्म पनि होइन। हिन्दू धर्म नेपालमा बाहिरबाट प्रवेश गरेको हो अथवा बाहिरबाट पसेकाहरूले ल्याएका हुन्।

नेपालमा ईश्वीको तेस्रो–चौथो शताब्दीतिरै हिन्दू धर्मले प्रवेश गरिसकेको थियो र वर्णव्यवस्था लागू गर्ने क्रम सुरु भइसकेको थियो।

नेपाल हिन्दू राष्ट्र होइन

एकथरी जातिवादीहरू नेपाललाई ‘हिन्दू राष्ट्र’ भनी बारम्बार चिच्याइरहन्छन्। वर्तमान संविधान र पञ्चायती संविधानले नेपाललाई ‘हिन्दू अधिराज्य’ भनी घोषणा गरेको थियो। राणा शासनकालमा पनि नेपाललाई ‘हिन्दू राज्य’ भनियो। पृथ्वीनारायण शाहले पनि नेपाललाई ‘असली हिन्दुस्थान’ भन्न रुचाए। तर यी सबैले नेपाललाई ‘हिन्दू राज्य’ मात्र बताएका हुन्, ‘हिन्दू राष्ट्र’ त कहिल्यै बनेन।

राष्ट्रको अर्थ जनता हो। राज्य, सरकार वा राजनीतिक व्यवस्था होइन। नेपाली जनताको सबै वा कमसेकम निकै ठूलो बहुसङ्ख्या हिन्दू धर्मावलम्बी भएको भए ‘हिन्दू राष्ट्र’ भन्न मिल्दथ्यो, तर यथार्थ यस्तो छैन।

नेपालीहरूको साझा घर नेपाल देश हो। यो देशका नेपाली भाषाभाषीका (जसलाई उनीहरूले बोल्ने भाषा खस भाषा भएको आधारमा ठीक वा गलत ढङ्गले खस जाति भनिन्छ) जातिका मानिसहरूको धर्म हिन्दू धर्म हो। त्यस्तै तराईका मैथिली, भोजपुरी, अवधी भाषाभाषी जनतामा अधिकांश हिन्दू छन् र केही सानो सङ्ख्यामा मुसलमानहरू पनि छन्। तर विभिन्न जातिमध्ये सबैभन्दा बढी सङ्ख्या भएको तामाङ जातिका जनता बौद्ध धर्मावलम्बी हुन्।

नेपालको वास्तविकतामा भने जाति छुट्याउने सबैभन्दा वैज्ञानिक आधार भाषा हो। नेपालमा बोलिने विभिन्न भाषाभाषीहरू सबैलाई मोटामोटी रूपमा खस जाति भनिएको हो।

पहिले नेपाली भाषा भनिने भाषाको नाम गोरखा भाषा, पर्वते भाषा र खस भाषा थियो। यो भाषा पहिले बोल्ने ब्राह्मण आदि जातिहरू खस जातिभित्र पर्दैनन्, तर उनीहरूले खस भाषा बोल्ने हुनाले यो भाषाभाषीहरू सबैलाई मोटामोटी रूपमा खस जाति भनिएको हो।

नेपालका विभिन्न जातिका नेपाली जनता सबै वा कमसेकम निकै ठूलो बहुसङ्ख्या हिन्दू धर्मावलम्बी भएको भए ‘हिन्दू राष्ट्र’ भन्न मिल्दथ्यो, तर यथार्थ यस्तो छैन।

वास्तवमा हिन्दू धर्म नेपालको प्राचीन धर्म होइन, परम्परागत रैथाने धर्म पनि होइन। हिन्दू धर्म नेपालमा बाहिरबाट प्रवेश गरेको हो अथवा बाहिरबाट पसेकाहरूले ल्याएका हुन्।

नेपाल हिन्दू राष्ट्र होइन। नेपालमा हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या ठूलो भए पनि सबै नेपाली हिन्दू होइनन्।

सबै नेपाली हिन्दू होइनन् र हिन्दूभन्दा गैरहिन्दू नै बढी छन्

यस्तो स्थितिमा नेपाललाई हिन्दू राष्ट्र भन्नु घोर जातिवाद हो।

गौतम बुद्ध स्वयं नै थारूको एक उपजातिका थिए। यस प्रकार सम्पूर्ण नेपाली जनतालाई हेर्ने हो भने कोही हिन्दू, कोही बौद्ध र कोही मुसलमान छन्। सबै नेपाली हिन्दू होइनन् र हिन्दूभन्दा गैरहिन्दू नै बढी छन्। यस्तो स्थितिमा नेपाललाई ‘हिन्दू राष्ट्र’ भन्नु घोर जातिवाद हो।

‘चार वर्ण छत्तीस जात’का नेपाली भन्ने कथन गलत

सम्पूर्ण नेपालीहरूलाई ‘चार वर्ण छत्तीस जात’का नेपाली भन्ने सुनिन्छ। ‘चार जात छत्तीस वर्ण’ भन्ने गरेको पनि सुनिन्छ। जे होस्, सम्पूर्ण नेपालीहरूलाई वर्ण र जातमा विभाजित गर्न खोज्नु ‘हिन्दू सोभिनिज्म’ हो।

हिन्दू जातिका जनता जात र वर्ण मान्छन्। खस जाति (नेपाली भाषाभाषी) भित्र बाहुन, क्षेत्री, सार्की, दमाई, कामी आदि जात छन्। त्यस्तै हिन्दू धर्मावलम्बी अरू जातिमा पनि जातप्रथा छ।

नेवार (हिन्दू तथा बौद्ध दुवै सम्प्रदायका) जातिमा जातप्रथा छ, तर यो जातिभित्रको जातप्रथा वर्णमा आधारित होइन। मल्ल शासनकालमा कुन–कुन राज्यपद सम्हालेका व्यक्तिहरूका सन्तान हुन्, त्यसमा आधारित जात छ, जसलाई साँचो अर्थमा जात भन्न पनि मिल्दैन, वर्ण त हुँदै होइन।

त्यसपछि नेपाली जनताको विशाल अंश तामाङ, गुरुङ, राई, लिम्बू, दनुवार, थारू, शेर्पा, मगर, चेपाङ आदि कुनै पनि जातिमा वर्णव्यवस्था र जातप्रथा छैन।

मुसलमानहरूको धर्म इस्लाम हो। यसले मानिस मानिसमा वर्ण र जातको उच्चनीच मान्दैन। यस स्थितिमा नेपाली राष्ट्रलाई ‘चार वर्ण’ वा ‘छत्तीस जात’भित्र बाँध्न खोज्नु आपत्तिजनक जातिवाद हो।

श्री ५ सुरेन्द्रको राज्यकालमा प्रधानमन्त्री जङ्गबहादुर राणाले लागू गरेको मुलुकी ऐनमा विभिन्न जातिलाई नै जातमा परिणत गरी (अरू जातसरह जातिलाई पनि राखेर) बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, तामाङ, गुरुङ, मगर, नेवार, राई, लिम्बू, मुसलमान आदि जातहरू पनि किटेर फेहरिस्त बनाइएको थियो।

बाहुन, क्षेत्री, कामी, दमाई भन्नु एक जाति (खस जाति) भित्रका जातहरू हुन्। नेवार, गुरुङ, मगर, राई, लिम्बू आदि त जात होइनन्, जाति हुन्। फेरि मुसलमान भन्नु त जात र जाति होइन, एक धर्म हो। ती सबैलाई विभिन्न जात भन्नु सबैमाथि ब्राह्मणवाद लाद्ने साम्प्रदायिक कुकृत्य थियो, तर यही कुकृत्यलाई दिगो राख्न खोज्ने षड्यन्त्रमा लागेका अतिवादी–जातिवादीहरू आज पनि छन्।

नेपालमा हिन्दू धर्मभन्दा बौद्ध धर्मको लामो ऐतिहासिक परम्परा

बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध स्वयं नै हिन्दू धर्मावलम्बी कुलमा जन्मेका थिए भन्ने तर्क दिइन्छ। तर बुद्ध परम्परामा हुर्केर हिन्दू धर्मको विरुद्ध विद्रोह गरी बौद्ध धर्म प्रचार गरेको तथ्यको पृष्ठभूमिमा धेरै मानिसहरू बुद्धले हिन्दूहरूलाई बौद्ध धर्ममा परिवर्तन गरेका हुन् र त्यसकारण आजका बौद्धहरू पनि सुरुमा हिन्दू थिए भनी तर्क दिई हिन्दू धर्मको लामो परम्परा देखाउन खोज्छन्।

तर यो कुरा भारतको लागि सत्य भए पनि नेपालको हकमा मिल्दैन। बरु नेपालको पूर्वी कोशी क्षेत्र र पूर्वी तराईका केही भूभागबाहेक अरू ठाउँमा हिन्दू धर्मभन्दा बौद्ध धर्मको पहिले प्रवेश भएको देखिन्छ।

नेपाल गौतम बुद्धको जन्मभूमि (लुम्बिनी जन्मस्थल), गौतम बुद्धका पिता शुद्धोदनको जन्मभूमि (जन्मस्थल कपिलवस्तु), गौतमकी माता महामायाको जन्मस्थल देवदह (कोलियहरूको राज्य देवदह) हो।

श्री टी. डब्ल्यू. राइस डेभिड्सका अनुसार हिमालयको फेदीमा रहेको राज्य, बौद्ध जातक कथाका अनुसार कपिलवस्तुबाट उत्तरतिर पर्ने र चिनियाँ यात्रीका अनुसार कपिलवस्तुबाट पचास ली अर्थात् माइल उत्तरपूर्वतिर पर्ने क्षेत्र पनि नेपालभित्र परेको कुराले नेपालको बौद्ध परम्परा स्पष्ट देखाउँछ।

त्यसैगरी गौतम बुद्धभन्दा पहिलेका बुद्धहरूमध्ये कनकमुनिको वासस्थान वर्तमान निग्लिहवा नजिक रहेको तथ्य, परम्परागत विश्वासअनुसार विपश्यी बुद्धको अस्थि गाडिएको ठाउँ स्वयम्भू चैत्य र शिखी बुद्धको समाधि काठमाडौं नजिक फर्पिङमा बनेको शेष (शिखी) नारायणको मन्दिरसँगै रहेको कुराले बौद्ध धर्म र परम्परासित नेपालको अभिन्न सम्बन्ध देखाउँछ।

पाटन र काठमाडौं सहरको निर्माण बौद्ध परम्परामा

पाटन सहर विहारै विहारले भरिएको र बौद्ध दर्शनको अध्ययन केन्द्रका रूपमा रहेको तथ्यको साथै पाटनका चारवटा थूरहरू, साँखुको एउटा गुम्बा विहार, चाबहिलको धन्दो चैत्य आदि बौद्ध धर्मसित सम्बन्धित छन्।

भारतका बौद्ध सहरहरू पाटलीपुत्र, वैशाली, राजगृह र श्रावस्तीमा पनि सहरका चार कुनामा यस्तै थूरहरू रहेको कुरा श्री डी. एल. स्नेलग्रोभले उल्लेख गरेका छन्।

त्यसैगरी काठमाडौं नगरको निर्माणबारे विचार गर्दा इन्द्रजात्राको केही दिनअघि भाद्र शुक्ल पक्षको दिन नगर परिक्रमा गर्ने परम्पराको विशेष अर्थ देखिन्छ। परिक्रमा गर्ने यात्रालाई ‘उपकू–हुले’ भनिने चलन छ, जसको अर्थ हुन्छ—मूल नगरको परिधिको परिक्रमा।

परिक्रमाको त्यो मार्गको नक्सा खिचेर हेरेमा एक बौद्ध स्तूपको आकार बन्दछ। निश्चय पनि काठमाडौं नगर बौद्ध परम्पराअनुसार स्तूपको परिक्रमाका रूपमा निर्माण गरिएको हो।

नेपालका सबैभन्दा प्राचीन स्मारक र अभिलेखहरू बौद्धमूलका छन्। नेपालका सबैभन्दा पुराना दुईवटा अभिलेखहरू लुम्बिनीको अशोक स्तम्भमा रहेको अभिलेख र निग्लिहवाको अशोक स्तम्भको अभिलेख बौद्ध धर्मसित सम्बन्धित छन्।

बौद्ध धर्मसित सम्बन्धित स्मारक वा मन्दिरहरूमध्ये सबैभन्दा पुराना पाटनका चारवटा थूरहरू, साँखुको एउटा शैव मन्दिर, एउटा वैष्णव मन्दिर र पाँचवटा बौद्ध विहार छन्। यसबाट त्यसबेला हिन्दूभन्दा बौद्धहरूको सङ्ख्या धेरै भएको स्पष्ट हुन्छ।

प्राचीन नेपालमा बौद्ध धर्मको बाहुल्य

स्नेलग्रोभका अनुसार ईश्वी संवत् सुरु हुनुभन्दा पहिले प्राचीन नेपालमा बौद्ध जनसङ्ख्या थियो।

अभिलेखहरूको प्रामाणिक तथ्यका आधारमा विचार गर्दा ईशाको सातौँ शताब्दीको सुरुतिर अंशुवर्माको हाँडीगाउँस्थित (सन् ६०८ को) अभिलेखमा विभिन्न बौद्ध विहारहरूलाई राज्यबाट दिइने भाग छुट्याइएको विवरण दिइएको छ।

लोकमा प्रसिद्धि, लोकप्रियता र भक्तजनहरू जाने सङ्ख्याको आधारमा वर्गीकरण गरिएको त्यस अभिलेखमा विशिष्ट श्रेणीमा सातवटा विहारलाई राखिएको छ, जसलाई सबैभन्दा बढी सम्मान प्रदान गरिएको छ।

ती हुन्—भगवान् पशुपतिनाथ, चाँगुनारायण, गुम्बा विहार, श्रीमान विहार, श्रीराज विहार, खर्जुरिका विहार र मध्यम विहार।

लिच्छवी कालको सुरुतिरै हिन्दू धर्मको प्रवेश

प्राचीन कालमा नेपालमा बौद्ध जनसङ्ख्या अधिक भएको सिद्ध हुन्छ, तर नेपालमा वर्णव्यवस्था नै चौधौँ शताब्दीमा मात्र सुरु भयो भन्ने धारणा र एघारौँ–बाह्रौँ शताब्दीतिर भारतबाट शरणार्थीका रूपमा नेपाल पसेकाहरूबाट मात्र हिन्दू धर्म र वर्णव्यवस्था सुरु भएको भन्ने कुरा मूल लेखमा आलोचना गरिएको छ।

वर्णव्यवस्थाको प्रवेश नेपालमा भयो भन्ने कुरा पनि सत्य होइन। त्योभन्दा धेरै पहिले लिच्छवी शासनकालको सुरुतिर नै नेपालमा हिन्दू धर्मावलम्बीहरू प्रशस्त भइसकेका र लिच्छवी राजाहरूले अनेक प्रयत्न गरी नेपाली समाजमा वर्णव्यवस्था लागू गर्न खोजेको कुरा पनि छ।

स्वयम् लिच्छवीहरू मूलभूमि वैशाली रहेको बेला (बुद्धको समयभन्दा) बौद्ध भएता पनि नेपालमा पसेको बेला वा परिसकेकोपछि धेरै जसोलाई हिन्दू धर्म अपनाइसकेका थिए। लिच्छवी राजाहरूमध्ये वसन्तदेव एकजना मात्र बौद्ध धर्मावलम्बी भएको देखिन्छ, अरू धेरैजसो शैव मतका थिए।

नेपालका गैरहिन्दू जातिका जनतामाथि वर्णव्यवस्था लाद्ने र हिन्दूकरण गर्ने कार्य एघारौँ–बाह्रौँ शताब्दीपछि होइन, छैटौँ शताब्दीभन्दा पहिले नै गरिसकेको कुरा स्पष्ट हुन्छ।

ईशाको छैटौँ शताब्दीको सुरुतिर सन् ५०६ को थानकोटस्थित लिच्छवी राजा वसन्तदेवको अभिलेखले सुरुमा वसन्तदेवबाट ‘जयपलिका गाउँका ब्राह्मण लगायत…’ गाउँका भट्टारक जातका गृहस्थीहरूलाई कुशल मङ्गल सोधी प्राज्ञा प्रसार गरिएको छ (अभिलेख नं. १२, धनवज्र वज्राचार्य, २२)।

यसबाट त्यसबेला नेपालमा ब्राह्मणहरू पसिसकेको मात्र होइन, विभिन्न जातजातिमा ब्राह्मणको नाम सबैभन्दा पहिले लिने बाहुनहरूको प्रभाव भइसकेको वा हिन्दू राजाहरूले हिन्दूकरण गरिसकेको देखिन्छ। साथै विभिन्न जातजातिहरूलाई जातमा समावेश गर्ने ब्राह्मणवादी प्रचलन सुरु भइसकेको देखिन्छ।

अभिलेखमा उल्लिखित ‘भट्टारकश्री’ को अर्थ प्रखर जातिका वा प्रकाशकका भन्ने बुझिन्छ।

लिच्छवी राजाहरूले नेपाली समाजलाई वर्णव्यवस्था अन्तर्गत चार वर्णमा समावेश गर्न खोजेको तर गैरहिन्दू र वर्णव्यवस्थामा नपरेका जातजातिलाई वर्णगत आधारमा जातमा परिणत गरेको देखिन्छ।

लिच्छवी राजाहरूले क्रमिक रूपमा सबै जातजातिलाई वर्ण विभाजनभित्र समावेश गर्ने खोजेको तथ्यबाट नेपालमा वर्णव्यवस्था स्थापना गर्ने पहिलो राजा मल्ल राजा जयस्थिति मल्ल नभई लिच्छवी राजाहरू थिए भन्ने थाहा हुन्छ।

साथै नेपालका गैरहिन्दू जातिका जनतामाथि वर्णव्यवस्था लाद्ने र हिन्दूकरण गर्ने कार्य एघारौँ–बाह्रौँ शताब्दीपछि होइन, छैटौँ शताब्दीभन्दा पहिले नै गरिसकेको कुरा स्पष्ट हुन्छ।

तर वसन्तदेवकै सन् ५१२ को टिस्टुङस्थित अभिलेखमा टिस्टुङ गाउँ निवासी प्रधान (मुखिया) लगायत सबै गृहस्थीहरूलाई भनी सम्बोधन गरिएको ‘ब्राह्मण’ शब्द वा ‘ब्राह्मण गृहस्थीहरू’ भन्ने शब्दहरू नभएकाले टिस्टुङका जनतालाई गैरहिन्दू तथा वर्णव्यवस्थाभित्र ल्याइनसकेको देखिन्छ।

वसन्तदेवकै साँखुकोटस्थित सन् ५३२ को अभिलेख र अरू धेरै अभिलेखहरूमा ‘ब्राह्मण लगायत सबै गृहस्थी’ भनी सम्बोधन गरिएको देखिन्छ भने कुनै कुनै अभिलेखमा (सीतापाइलाको सन् ५०५ लगायतमा) ‘गाउँका वासिन्दाहरूलाई’ भनी सम्बोधन गरिएको छ। त्यसबेलाका विभिन्न बस्तीहरूमा ब्राह्मणहरू तथा हिन्दूधर्मावलम्बी वर्णव्यवस्था माने जातिहरूको बसोबास नेपालमा भइसकेको देखिन्छ।

लिच्छवीकालमा वर्णव्यवस्था लागू गर्ने प्रयत्न

माथि भनिएझैँ नेपालमा लिच्छवी शासनकालको सुरुतिर नै, कमसेकम ईशाको पाँचौँ शताब्दीमा प्रशस्त हिन्दू धर्मावलम्बीहरू प्रवेश गरिसकेको देखिन्छ। साथै लिच्छवी राजाहरूले लिच्छवीकालका शासकहरूले झैँ सम्पूर्ण नेपाली समाजलाई नै वर्णव्यवस्था अन्तर्गत राख्ने (अर्थात् अरूको शब्दमा नेपालमा गैरहिन्दू जातिसमेतमाथि वर्णव्यवस्था लाद्ने) वा नेपाली समाजलाई हिन्दूकरण गर्ने हरसम्भव उपाय अपनाए।

यो काम नेपाली समाजमा वर्णव्यवस्था र हिन्दू धर्म लाद्ने काम कुनै शासकले गैरहिन्दू धर्मप्रति रहेको भावना लिएर जबर्जस्ती हिन्दूकरण गर्न खोजे भने कुनै शासकले सूक्ष्म रूपमा नरम तरिकाले जनतालाई हिन्दू धर्म र वर्णव्यवस्थामा ल्याउन प्रेरित गरे।

सम्भवतः वृषदेव जस्ता बौद्ध धर्मावलम्बी राजाको पालामा मात्र यस्तो भएन होला। ‘धार्मिक सहिष्णुता भएका’, ‘सबै धर्मप्रति समान व्यवहार गर्ने’ शासक भनी एकथरी ‘इतिहासकार’हरूले प्रशंसा गरेर नथाक्ने लिच्छवीकालीन शासक अंशुवर्माले पनि वर्णव्यवस्था लागू गर्ने प्रयत्न गरेका थिए।

अभिलेखहरूमा तिनी आफ्नै नामको प्रशस्तिमा नै वर्णव्यवस्थाका पक्षपाती देखाउने शब्दहरू जोड्न गौरव मान्दथे।

व्यवस्था लिन प्रेरित गरे। सम्भवतः वृषदेव जस्ता बौद्ध धर्मावलम्बी राजाको पालामा मात्र यस्तो भएन होला।

‘धार्मिक सहिष्णुता भएका’, ‘सबै धर्मप्रति समान व्यवहार गर्ने’ शासक भनी एकथरी ‘इतिहासकार’हरूले प्रशंसा गरेर नथाक्ने लिच्छवीकालीन शासक अंशुवर्माले पनि वर्णव्यवस्था लागू गर्ने प्रयत्न गरेका थिए। अभिलेखहरूमा तिनी आफ्नै नामको प्रशस्तिमा नै वर्णव्यवस्थाका पक्षपाती देखाउने शब्दहरू जोड्न गौरव मान्दथे।

लिच्छवी राजाहरूले नेपाली समाजलाई वर्णव्यवस्था अन्तर्गत चार वर्णमा समावेश गर्न खोजेको तर गैरहिन्दू र वर्णव्यवस्थामा नपरेका जातजातिलाई वर्णगत आधारमा जातमा परिणत गरेको देखिन्छ।

लिच्छवी राजाहरूले क्रमिक रूपमा सबै जातजातिलाई वर्ण विभाजनभित्र समावेश गर्ने खोजेको तथ्यबाट नेपालमा वर्णव्यवस्था स्थापना गर्ने पहिलो राजा मल्ल राजा जयस्थिति मल्ल नभई लिच्छवी राजाहरू थिए भन्ने थाहा हुन्छ।

वर्णव्यवस्थाका पक्षपाती शासकहरू

लिच्छवीकालीन अभिलेखहरूमा राजा अंशुवर्माको प्रशस्तिमा वर्णव्यवस्थाको पक्षपाती देखाउने शब्दहरू जोड्नु गौरव मान्दथे। टिस्टुङमा प्राप्त र नजिकै रहेको मण्डलको अभिलेखमा अंशुवर्माले आफ्नो प्रशस्तिमा ‘प्रणतविनीताचार्यमर्यादितो’ भन्ने शब्दहरू जोडी ब्राह्मण मर्यादा (वर्णव्यवस्था) उल्लङ्घन हुन नदिने भनी वर्णन गरेको पाइन्छ।

वर्णव्यवस्थाको नियम विपरीत काम गर्ने ‘अपराध’लाई होइन, एक ब्राह्मण पण्डितको इच्छाअनुसार ‘भ्रष्टाचार’ भन्ने व्यवस्था लिच्छवीकालमा थियो। बुढागाउँ (बुङ्मती) गाउँमा भट्टारककरण भगवतले मुद्दा हेर्ने भनी एउटा गाउँबाट भट्टारककरणको नियुक्ति गरिएको कुरा अभिलेखमा उल्लेख छ।

यसबाट वर्णव्यवस्थाको नियम उल्लङ्घन हुन जाला भनी अंशुवर्मालाई विशेष चिन्ता लागेको थियो। धर्मशास्त्रका मुहारहरू उठेमा (धर्मशास्त्रको अर्थ प्रत्येक वर्णको धर्म वा कर्तव्य विपरीतताको काम हुन गएमा) त्यसता मुद्दा राजदरबार आफैले हेर्ने भन्ने फरमान अंशुवर्माले जारी गरेको अभिलेखबाट देखिन्छ।

नेपाली समाजमा वर्णव्यवस्था दृढतासाथ लागू गर्ने अंशुवर्माको कति लगन थियो भन्ने कुरा यसबाट देखिन्छ।

अंशुवर्माभन्दा पहिलाका कैयौँ शासकहरूले पनि वर्णव्यवस्था कसरी कायम गर्ने भन्ने चिन्ता लिइरहेको कुरा अभिलेखहरूबाट देखिन्छ।

लिच्छवी दरबारका सामन्त भारदार गुप्त परिवारका एक व्यक्ति भानुपुरम (भीम गुप्तका बाबु) को हाँडीगाउँ सत्यनारायण मन्दिरस्थित अभिलेखमा ब्राह्मण प्रशंसा, वेदान्तको प्रचार गरिएको मात्र होइन, बौद्ध धर्मप्रति हेय गरी बौद्ध धर्मावलम्बीहरूलाई ‘नास्तिक, कुतार्किक, मूर्ख, कुमति’ आदि शब्दले निन्दा पनि गरेका छन्।

लिच्छवीकालको एक लामो अवधिसम्म ठूलो शक्ति लिएर शासन गरेका शासकहरू हिन्दू धर्म, संस्कृति र वर्णव्यवस्था लाद्न तथा अरू धर्मको विरोध गर्न कटिबद्ध थिए भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ।

सातौँ शताब्दीको प्रारम्भ—समाजमा वर्णव्यवस्था पूर्ण लागू

नरेन्द्रदेवका छोरा लिच्छवी राजा शिवदेव द्वितीयको राज्यकालसम्ममा नेपाली समाजमा वर्णव्यवस्था पूर्ण रूपमा लागू भइसकेको थियो भन्ने प्रमाण विभिन्न अभिलेखहरूमा पाइन्छ।

लिच्छवी राजाहरूले नेपाली समाजमा वर्णव्यवस्था कायम गर्ने नीति अपनाएका थिए। यस क्रममा विभिन्न जातजातिलाई वर्णव्यवस्थाभित्र समावेश गर्ने काम गरिएको थियो।

राजा शिवदेवको समयमा अंशुवर्माको शासनकालमा जस्तै वर्णव्यवस्था लागू गर्ने प्रयास भएको देखिन्छ।

मूल शासनकालमा हिन्दूकरणको नीति

हिन्दूकरणको यो नीति अन्तर्गत नै चौथौँ शताब्दीमा राजा जयस्थिति मल्लले ‘मानव न्यायशास्त्र’को नाममा हिन्दू धर्मशास्त्रमा आधारित कानुन बनाई नेपालका हिन्दू तथा गैरहिन्दू सबै जनतामाथि समान रूपमा हिन्दू कानुन लादेका थिए।

खासगरी विभिन्न वर्ण र वर्णअन्तर्गत जातजाति राखेर तिनीहरूले गर्ने कामसम्बन्धी स्थिति बनाउने, समाजमा विभिन्न जातिको स्थिति, उनीहरूले गर्नुपर्ने कर्तव्य, परिवारभित्रको स्थान, स्वामित्वको सम्बन्ध, घरमुलीको स्थिति र अधिकार जस्ता पारिवारिक कानुनका नियमहरू बनाइएका थिए।

त्यसैले समाजमा वर्णव्यवस्था लागू गर्ने काम पूरा भइसकेको देखिन्छ। देशका सम्पूर्ण जनताले हिन्दू धर्म नअपनाए पनि हिन्दू र गैरहिन्दू सबै जातिलाई वर्णव्यवस्था अन्तर्गत लिने प्रथा बसिसकेको थियो।

राजा शिवदेवले आफ्नो समयमा वर्णव्यवस्थालाई प्रोत्साहन गर्ने काम गरेका थिए भन्ने कुरा अभिलेखहरूबाट थाहा हुन्छ।

हिन्दूकरणको नीतिलाई प्रभावकारी कायम

हिन्दूकरणको नीतिलाई उत्साहका साथ लागू गर्नेसँगै अरू धर्म र संस्कृतिलाई दमन गरी लोप गर्ने राणा शासनले खोजेको कुरा त हाम्रो अगाडि वर्तमान इतिहास हो।

लामा धर्मप्रचारक र बौद्ध भिक्षुहरूलाई देश निकाला र ‘बाहुनलाई नबोल्नेको अपराध’मा सजाय दिइएका घटनाहरू समेत हाम्रो समाजमा घटेका छन्।

राणा शासनका संस्थापक जङ्गबहादुरले तयार गराई लागू गरेको पाँच भाग ऐनको मुख्य उद्देश्य नै सबै जातिका जनतामाथि हिन्दू धर्मशास्त्रका आदर्श लागू गर्ने र हिन्दू कानुन समान रूपमा लागू गर्ने घोषित उद्देश्य ऐन लागू गर्दाको इतिहासबाट स्पष्ट छ।

अझ कुरा छोडौँ, वर्तमान मुलुकी ऐन पनि हिन्दू धर्मशास्त्रमा आधारित छ। यसको प्रस्तावनामा नै १९१० साल पौष बढी ७ देखि लागू गरिएको ऐनमा समय समयमा भएको थपघटलाई पनि एकीकृत गरिएको र अरू पनि आवश्यक संशोधन गरिएको भनी उल्लेख छ।

नेपालका हिन्दू, गैरहिन्दू सबै जनतामा ‘धर्मनिरपेक्षता’ लागू हुने ‘एकरूपता’ दिने नाममा हिन्दू कानुन लादिएको जबर्जस्त उदाहरण नयाँ मुलुकी ऐन हो।

हिन्दूकरणको नीतिलाई प्रभावकारी बनाउने र सर्वव्यापी हिन्दुत्व लाद्ने नीतिको अभिव्यक्ति आजको नयाँ संविधान र वर्तमान मुलुकी ऐन पनि हो।

हिन्दूकरणको नीति प्रभावकारी कायम

हिन्दूकरणको नीतिलाई उत्साहका साथ लागू गर्नेसँगै अरू धर्म–संस्कृतिलाई दमन गरी लोप गर्न राणा शासनले खोजेको कुरा त हाम्रो अगाडि वर्तमान इतिहास हो।

लामा धर्मप्रचारक र बौद्ध भिक्षुहरूलाई देश निकाला र ‘बाहुनलाई नबोल्नेको अपराध’मा सजाय दिइएका घटनाहरू समेत हाम्रो समाजमा घटेका छन्।

राणा शासनका संस्थापक जङ्गबहादुरले तयार गराई लागू गरेको पाँच भाग ऐनको मुख्य उद्देश्य नै सबै जातिका जनतामाथि हिन्दू धर्मशास्त्रका आदर्श लागू गर्ने र हिन्दू कानुन समान रूपमा लागू गर्ने घोषित उद्देश्य ऐन लागू गर्दाको इतिहासबाट स्पष्ट छ।

ब्राह्मण पण्डितहरू र धर्मशास्त्रमा पृथ्वीनारायण शाहको प्रबल आस्था थियो र श्रीकुमारीप्रति होइन आफ्ना प्रजाहरू सबै पनि यही आदर्श र व्यवस्थामा हालिनुपर्दछ भन्ने उनको धारणा थियो।

राम शाहको कानुन र जयस्थिति मल्लको कानुनअनुसार तिनले आफ्नो राज्यभर नियमहरू लागू गरे, नयाँ जितेका इलाकाका गैरहिन्दू जनजातिमा हिन्दू–रीतिस्थिति लागू गर्ने र हिन्दू धार्मिक कानुन अन्तर्गत राख्ने तिनको नीति थियो।

तिनले काठमाडौं विजय गरेपछि काठमाडौंका इसाई नेवारहरू सबैलाई देश निकाला गरे। त्यस बेला नेवार जातिमा हिन्दू, बौद्ध, मुसलमान र इसाई चारै धर्मावलम्बीहरू थिए। इसाईहरूलाई देश निकाला गरिएको कार्यलाई राजनीतिक कारण देखाई पश्चिमी साम्राज्यवादी मुलुकहरूको प्रभाव रोक्न गरिएको भनी व्याख्या गर्ने ‘इतिहासकार’हरू पनि छन्, तर मिसनरी पादरीहरू मात्र होइन, आफ्नै देशका सम्पूर्ण इसाई जनतालाई देश निकाला गरिएकोमा धार्मिक कट्टरता पनि एक कारण थियो।

पृथ्वीनारायण शाहले आफ्नो राज्यलाई ‘गोरख राज्य’ र ‘असली हिन्दुस्थान’ भनेर पनि घोषणा गरेको कुरा स्मरणीय छ।

बुद्धको देश ‘हिन्दू राष्ट्र’

राज्य सञ्चालन गर्न लगाउने अनेक योजना बनाई गोरखा–राज्य र शाहवंशको स्थापना गर्न सफल भए।

द्रव्य शाहको शासन कायम भएपछि त्यहाँका गैरहिन्दू जनजातिहरू, खासगरी मगरहरूलाई हिन्दूकरण गर्ने, हिन्दू वर्णव्यवस्था अन्तर्गत ल्याउने मात्र होइन, हिन्दू धर्म नै ग्रहण गराउने काम जोडतोडले भयो, जसको फलस्वरूप मगरहरूका मूलधर्म अरू नै भए तापनि आज उनीहरू हिन्दूजस्ता देखिन्छन्।

राम शाह र पृथ्वीनारायण शाहको हिन्दूकरणको नीति

क्रमशः कान्तिपुर, ललितपुर र भक्तपुरलाई राजधानी बनाइरहेका तीनवटा मल्ल राज्यहरूमा लिखित कानुनअनुसार न्याय दिने काम भइरहेको थियो भने गोरखामा पनि लिखित ऐन (वा कोड) बनाउने र ऐन कानुनलाई समय सुहाउँदो तुल्याउने न्यायनिसाफ राष्ट्रश्री दिने भन्ने घोषित उद्देश्यले गोरखाका राजा राम शाहले लागू गरेको कानुन र न्यायव्यवस्था पनि पूर्ण रूपमा हिन्दू धर्मशास्त्रमा आधारित थियो र मगर तथा अरू जनजातिहरूलाई हिन्दू रीतिस्थिति, हिन्दू संस्कृति र हिन्दू न्याय–विधान अन्तर्गत ल्याई पूर्ण रूपमा हिन्दूकरण गर्ने कार्यमा राम शाहको कानुनको पनि ठूलो भूमिका थियो।

हिन्दू आदर्श र धर्म संस्कृतिमा पृथ्वीनारायण शाहको प्रबल आस्था थियो र श्रीकुमारीप्रति होइन आफ्ना प्रजाहरू सबै पनि यही आदर्श र व्यवस्थामा हालिनुपर्दछ भन्ने उनको धारणा थियो।

राम शाहको कानुन र जयस्थिति मल्लको कानुनअनुसार तिनले आफ्नो राज्यभर नियमहरू लागू गरे, नयाँ जितेका इलाकाका गैरहिन्दू जनजातिमा हिन्दू–रीतिस्थिति लागू गर्ने र हिन्दू धार्मिक कानुन अन्तर्गत राख्ने तिनको नीति थियो।

तिनले काठमाडौं विजय गरेपछि काठमाडौंका इसाई नेवारहरू सबैलाई देश निकाला गरे। त्यस बेला नेवार जातिमा हिन्दू, बौद्ध, मुसलमान र इसाई चारै धर्मावलम्बीहरू थिए। इसाईहरूलाई देश निकाला गरिएपछि नेवार मुसलमानहरू अरू जातिका मुसलमानहरूमा विलीन भए भने बौद्ध नेवारमा हिन्दू र बौद्धहरू मात्र बाँकी छन्।

पश्चिमी साम्राज्यवादी मुलुकहरूको प्रभाव रोक्न गरिएको भन्ने व्याख्या गर्ने ‘इतिहासकार’हरू पनि छन्, तर मिसनरी पादरीहरू मात्र होइन आफ्नै देशका सम्पूर्ण इसाई जनतालाई देश निकाला गरिएकोमा धार्मिक कट्टरता पनि एक कारण थियो।

हिन्दूकरणको नीति प्रभावकारी कायम

हिन्दूकरणको नीतिलाई उत्साहका साथ लागू गर्नेसँगै अरू धर्म–संस्कृतिलाई दमन गरी लोप गर्न राणा शासनले खोजेको कुरा त हाम्रो अगाडि वर्तमान इतिहास हो।

लामा धर्मप्रचारक र बौद्ध भिक्षुहरूलाई देश निकाला र ‘बाहुनलाई नबोल्नेको अपराध’मा सजाय दिइएका घटनाहरू समेत हाम्रो समाजमा घटेका छन्।

राणा शासनका संस्थापक जङ्गबहादुरले तयार गराई लागू गरेको पाँच भाग ऐनको मुख्य उद्देश्य नै सबै जातिका जनतामाथि हिन्दू धर्मशास्त्रका आदर्श लागू गर्ने र हिन्दू कानुन समान रूपमा लागू गर्ने घोषित उद्देश्य ऐन लागू गर्दाको इतिहासबाट स्पष्ट छ।

अझ कुरा छोडौँ, वर्तमान मुलुकी ऐन पनि हिन्दू धर्मशास्त्रमा आधारित छ। यसको प्रस्तावनामा नै १९१० साल पौष बढी ७ देखि लागू गरिएको ऐनमा समय समयमा भएको थपघटलाई पनि एकीकृत गरिएको र अरू पनि आवश्यक संशोधन गरिएको भनी उल्लेख छ।

नेपालका हिन्दू, गैरहिन्दू सबै जनतामा ‘धर्मनिरपेक्षता’ लागू हुने ‘एकरूपता’ दिने नाममा हिन्दू कानुन लादिएको जबर्जस्त उदाहरण नयाँ मुलुकी ऐन हो।

हिन्दूकरणको नीतिलाई प्रभावकारी बनाउने र सर्वव्यापी हिन्दुत्व लाद्ने नीतिको अभिव्यक्ति आजको नयाँ संविधान र वर्तमान मुलुकी ऐन पनि हो।

लेखक परिचय: माणिक लाल श्रेष्ठ — प्राध्यापक, वामपन्थी बुद्धिजीवी।

स्रोत: मूल्याङ्कन, कात्तिक–मंसिर २०४८, पृष्ठ ३०–३३।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित