धरान । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तानले पार्टीको धरानमा जारी केन्द्रीय बैठकबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेकी छन्।
मोक्तानले स्वतन्त्र, निष्पक्ष र सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मूल धर्म भए पनि बैठकका विषयमा केही मिडियाले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै दुःख व्यक्त गरेकी हुन्।
उनले बैठक पूर्वतयारीसहित आयोजना गरिएको स्पष्ट पार्दै दुई दिनसम्म सञ्चालन हुने जानकारी दिइन्। उनका अनुसार पहिलो दिन पुरानो समितिका सदस्यहरूको सहभागितामा सामान्य छलफल हुनेछ भने दोस्रो दिन केन्द्र समिति सदस्यहरू सबै सहभागी भएर बृहत् बैठक सञ्चालन हुनेछ।
मोक्तानले भ्रामक समाचारमा कुनै सत्यता नरहेको दाबी गर्दै सम्पूर्ण नेपाली नागरिक तथा श्रमदातालाई बैठकका विषयमा भ्रममा नपर्न आग्रह गरेकी छन्।
उनका अनुसार यसपटकको केन्द्रीय बैठकले श्रम संस्कृति पार्टीलाई थप मजबुत र सुदृढ बनाउने अपेक्षा गरिएको छ।
मोक्तानले पार्टीभित्र कुनै असामान्य अवस्था नरहेको दाबी गर्दै पार्टीलाई थप बलियो बनाउने उद्देश्यका साथ बैठक अघि बढिरहेको बताएकी छन्।





















Discussion about this post